युकेश पनेरु सहित नुवाकाेटका तीन खेलाडि छनाैट


विदुर,वागमति प्रदेश स्तरिय यु१३ फुटवल प्रतियाेगितामा नुवाकाेटका ३ खेलाडि छनाैट भएका छन्।

अखिल नेपाल फुटवल संघ केन्द्रीय कमिटिकाे आयाेजनामा सातै प्रदेशका प्रदेश स्तरिय खेलाडीहरु छनाैट गरि क्लवहरुकाे सहकार्यमा एकेडेमी सन्चालनका लागि उमेर समुहकाे खेलाडि छनाैट भएका हुन्।
यसै अन्तर्गत वागमति प्रदेशकाे छनाैट भक्तपुरमा यहि फागुन २२/२३ र २४ गते सन्चालन भएकाेमा नुवाकाेटका तीन खेलाडि छनाैटमा पर्न सफल भएका छन्।

वागमति प्रदेशका जिल्लाहरुका खेलाडि विच प्रतिस्पर्धा गराईएकाे प्रतियाेगितामा नुवाकाेट वाट युकेश पनेरु,आयुष चित्रकार र राेहन मानन्धर छनाैटमा पर्न सफल भएका हुन।सातै प्रदेश वाट छनाैट भएर आएकाहरु विच पुन छनाैटका लागि प्रतिस्पर्धा गराईने अखिल नेपाल फुटवल संघले जनाएकाे छ।


सोमबार, फाल्गुन २४ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार