सुत्केरी आमालाई पाेषणयुक्त खानेकुरा वितरण


नुवाकोट – तारकेश्वर गाउँपालिकाले ४९ जना सुत्केरी महिलाहरुलाई खाद्यान्न पाेषण युक्त सामाग्री वितरण गरेकाे छ।
तारकेश्वर गाउँपालिकाकाे आयोजनामा तारुका -३ स्थित सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई पाेषण युक्त खानेकुरा वितरण गरेकाे छ । सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई प्रोत्साहन गर्दै पाेषण युक्त खानेकुरा वितरण गरिएको तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवि रिमालले जानकारी दिनुभएकाे हो। उपाध्यक्ष रिमाल भन्नू हुन्छ “सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरेर सहयोग होस् भनेर चालु आवको नीति तथा कार्यक्रममा नै यसलाई समेटेका थियौँ, सोही बमोजिम ४९ जना सुत्केरीलाई प्रोत्साहन गर्दै पाेषणयुक्त खानेकुरा सामाग्री वितरण गरेका छौँ,” रिमालले भन्नु भयाे ।
“तारकेश्वरका विभिन्न वडाका ४९ जना महिलाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराएका छन् ।

वितरण गर्न बाकी सुत्केरी महिलाहरुलाई पनि हामीले सम्पर्कमा ल्याई पाेषणयुक्त सामाग्री वितरण गरीदै आईरहेका छाै भने घरमा हुने सुत्केरीलाई शुन्यमा लैजाने गाउँपालिकाको उद्देश्य रहेको छ। “अझै पनि धेरै महिलाहरुले घरमै सुत्केरी गराउने गरेका छन्,यसले जोखिम बढाउँनुका साथै असुरक्षित रुपमा सुत्केरी गराउदा बच्चा र आमाको ज्यान जानपनि सक्छ त्यसकारण स्वास्थ्यकर्मीकाे सल्लाह र स्वास्थ्य कार्यलयमानै सुत्केरी गराउन हामीले गाउँ,टाेल र बस्तीहरुमा सुचना प्रवाह गर्ने,स्वयंम आफैले पनि भन्ने गरेका छाै।

”उहाँले भन्नुभयाे,“स्वास्थ्य संस्थामा सुत्केरी गराए सुरक्षित हुने भएकाले यसबारेमा पनि सचेत गराएका छौँ ।”
उपाध्यक्ष रिमालका अनुसार सुत्केरीको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण कार्यक्रम एक दरिलो जग हो। गर्भवती भएकाे समय देखिनै राम्रो पोषण पाएका बच्चाहरु राम्ररी सिक्न र हुर्कन सक्छन्, समुदायमा सहभागी हुन र योगदान दिन, तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटहरूसंग लड्न समर्थ हुन्छन्। यसले गरणदा बच्चा र आमाकाे स्वास्थ्य अवस्था धेरै राम्राे हुने बताउनु भयाे।
तारुका र दाङसिंङमा थरी हाल ४९ जना महिलाहरुलाई पाेषणयुक्त खानेकुरा वितरण गरिसकेकाे र बाकी सुत्केरी महिलाहरुलाई पनि वितरण गर्ने उहाँले बताउनु भयाे। उहाँले नियमित चारमहिना सम्म गर्भवती आमाले स्वास्थ्य कार्यलयमा चेकजाँच गर्ने आमाहरुलाई सरकारी नियम अनुसार रु,२८ सय समेत वितरण गरिएकाे जानकारी दिनुभयाे। सुत्केरी पाेषणयुक्त खानेकुरा सामाग्रीमा अण्डा,काजु,बदाम,किसमिस ,मह,हर्लेस,गेडागुडी,सुत्केरी मसला,तेल र साबुन लगाएतका सामाग्रीहरु रहेकाे उहाँले बताउनु भयाे।


बुधबार, फाल्गुन १९ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार