किन जनप्रिय बन्दै छन नेकपा नेता एवं लायन्स क्लब अफ काठमाडौं डटउनटाउनका अध्यक्ष श्रेष्ठ

purna lal shrestha

नुवाकोट। नेपाल कम्युनिष्ट पार्टी नेकपा नुवाकोटका युवा नेता तथा लायन्स क्लब अफ काठमाडौं डटउनटाउनका अध्यक्ष समेत रहेका पुर्णलाल श्रेष्ठ जनप्रिय बन्दै गएको देखिन्छ ।

राजनितिक व्यक्तित्व भएतापनि सधैँ सामाजिक क्रियाकलाप र समाज सेवामा सक्रिय देखिने पुर्णलाल श्रेष्ठलाई नुचाकोटका अधिकांश जनताको समर्थन रहेको छ।

गत शनिबार लायन्स क्लब अफ काठमाडौं डटउनटाउनको कार्यक्रममा विशेष समयमा बोल्दै संस्थाको अध्यक्ष समेत रहेका पुर्णलाल श्रेष्ठले आफु सदैव सामाजिक सेवामा लाग्ने र नुवाकोटका जनताहरुको समस्यालाई व्यक्तिगत समस्याका रुपमा लिएर समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

श्रेष्ठले कोभिडको समयदेखि नुवाकोटमा विभिन्न ठाउँमा राहत वितरण र जाडोको समयमा चिसोकै कारण कोहि पनि नमरुन लिखु,सुर्यगढी लगायतका धेरै ठाउँहरुमा न्यानो कपडा वितरण गरेका थिए । लायन्स क्लब अफ काठमाडौं डटउनटाउनको अध्यक्ष भएपछि श्रेष्ठले नुवाकोटमा सयौंको संख्यामा जनता केन्द्रित कार्यक्रमहरु सञ्चालन गरेका छन् ।

नुवाकोटको जननिर्वाचित प्रतिनिधिहरूले समेत नुवाकोटको विकासमा महत्त्वपूर्ण चासो नदिएको अवस्थामा श्रेष्ठले नुवाकोटको सामाजिक र हरेक विकासको काममा सक्रियता देखाउनुले पनि श्रेष्ठलाई जनताले आफ्नो सम्पत्तिको रुपमा हेरिरहेका छन्।


मंगलवार, फाल्गुन १८ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार