खेलकुदमा लगानि गर्न तयार छाै, मेयर पण्डित


विदुर , नुवाकाेट जिल्ला स्तरिय अर्किड तेक्वान्दो प्रतियाेगिताकाे समापन वट्टार स्थित कभर्डहलमा सम्पन्न भएकाे छ।
नुवाकाेट जिल्ला भरिका २४ विद्यालय तथा टिमका ३०७ जना खेलाडि सहभागी रहेकाे प्रतियाेगिताकाे आज विदुर नगर पालिकाका प्रमुख सन्जु पण्डितकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे।कार्यक्रममा मेयर पण्डितले विदुर नगरपालिकाले खेलकुदका विभिन्न प्रतियाेगिता र खेल स्थल निर्माणका लागि लगानि गरेकाे बताउदै जनप्रतिनिधिकाे तर्फवाट सवै सहयाेग गर्न तयार रहेकाे बताउनु भयाे।

प्रतियोगिताको जुनियरतर्फ गणेश सुर्य डोजाङका समिर नेपाली २० केजी उमेर समुहको छात्रतर्फ उत्कृष्ट खेल प्रदर्शन गर्दै उत्कृष्ट घोषित भए । यस्तै, छात्रातर्फ अर्किड डोजाङका एलिना श्रेष्ठले ३७-४० केजी उमेर समुहको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै उत्कृष्ट घोषित भईन् ।
सिनियरतर्फ रविन तामाङ र सुस्मिता तामाङ उत्कृष्ट घोषित भए । दुवै मंगलादेवी डोजाङका खेलाडी हुन् । छात्रतर्फ २१-२५ केजी तौल समुहमा रोजन घले, जीवन तामाङ (२६-३० ), रविन राई (३१-३५), सुशन सारु मगर ( ३६-४०), अपिल लामा (४१-४५), संजोग कोईराला (४६-५०), रविन तामाङ (५१-५५) र सगर तामाङ (५६-६०) प्रथम भए । छात्रातर्फ रोशनी राई (२९-३२), विपना तामाङ (३३-३७), एलिना श्रेष्ठ (३७-४०), निर्मला तामाङ (४१-४४), सुस्मिता तामाङ (४५-४८), सलोमी तामाङ (४९-५१), सिता राई (५२-५५) र सुस्मिता राई (५६-६०) प्रथम भए । प्रतियोगितामा सबै तौल समूहमा प्रथम, द्वितीय र तृतीय हुनेलाई मेयर पण्डितले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।फप्रतियोगितामा जुरेमा शरण घले र श्रीकृष्ण श्रेष्ठ रहेका थिए । रेफ्रीमा सुमन श्रेष्ठ, रबिन श्रेष्ठ, सुर्य तामाङ र दिपेन तामाङले थिए । प्रतियोगितामा तौल २९ केजीदेखि ६० केजीसम्म गरी २९ समुहगतमा खेलाईएको थियो । जिल्लाभरका २४ डोजाङका ३०५ खेलाडीहरुले सहभागिता रहेको थियो ।
कार्यक्रममा खेलकुद विकास समितिका पुर्व अध्यक्ष बुद्धि वहादुर प्रधान,पुर्व सदस्य तथा एन्फा नुवाकाेटका उपाध्यक्ष उद्धव पनेरु ,तेक्वान्दो संघ नुवाकाेटका अध्यक्ष सुमन अधिकारी,उपाध्यक्ष कविन्द्र प्रधान,काेषाध्यक्ष रमेश श्रेष्ठ,उघाेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गिता अमात्य पुर्व अध्यक्ष शरण उत्सुक सापकाेटा लगाएतका उपस्थिति रहेकाे कार्यक्रमकाे सभापतित्व अर्किड एकेडेमिका प्रिन्सिपल रामहरि रिमालले गरेका थिए। विभिन्न उमेर समुहका खेलाडिहरु विच प्रतिस्पर्धा भएकाे हाे।


आईतवार, फाल्गुन १६ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार