छाेरी संस्थाद्वारा तीनदिने किशोरी रुपान्तरण तालिम सम्पन्न


नुवाकोट -छोरी संस्था नुवाकोटले तीन दिने किशोरी रुपान्तरण तालिम समापन गरेको छ । किशोरी तथा महिलाहरुमा हुने महिनावारीको विषयलाई लिएर समाजमा रहेको भ्रमलाई चिर्नको लागि आयोजित तालिममा ३१ जना किशोरीहरुको सहभागिता रहेको थियो ।
छोरी सस्थाद्धारा सञ्चालित आवास गृह र विभिन्न समयमा सञ्चालित घुम्ति मनोविमर्श शिविरमा सहभागि भइ छनौटमा परेका किशोरीहरु तालिममा सहभागि भएका थिए।
एक महिनामा महिला तथा किशोरीहरुमा हुने शारिरिक, मानसिक तथा भावनात्मक परिवर्तनको विषयलाई लिएर तालिमका सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो । विशेष गरि महिनावारी भएको १ देखि ७, ८ देखि १४, १५ देखि २१ र २२ देखि २८ दिनमा महिला तथा किशोरीहरुमा हुने शारिरिक, मानसिक तथा भावनात्मक परिवर्तनको विषयमा प्रशिक्षण दिइएको छोरी सस्था नुवाकोटका जिल्ला अधिकृत अरुणा लामाले जानकारी दिनुभएको छ । महिनावारीको समयमा सामाजिक तथा सास्कृतिक रुपबाट हुने गरेको विभेदको कारण किशोरीहरु मनोवैज्ञानिक रुपबाट कमजोर हुनेगरेको पाएकोले महिनावारीलाई समान्य रुपमा लिनको लागि तालिमले सहयोग पुगेको अपेक्षा गरिएको जिल्ला अधिकृत लामाले बताउनुभएको छ। पितृसतात्मक सोचका कारण महिला तथा किशोरीहरुले महिनावारीको समयमा भोग्नु परेको विभेदको कारण उत्पन्न समस्यालाई समाधानको साथै आफू छोरी भएर जन्मन पाएकोमा गर्व महसुस गराउन र आत्मविश्वासमा वृद्धि गराउन तालिम आयोजना गरिएको थियो ।
तालिमका सहभागिहरुलाई छोरी सस्थाका संयोजक शारदा पुरी, मनोविमर्शकर्ता मैया खर्बुजा, जिल्ला अधिकृत अरुणा लामाले सहजिकरण गरेका थिए ।


शनिबार, फाल्गुन १५ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार