नेकपा ओलि समुहका घाेषित अध्यक्षकाे शीत भण्डारले किसान ठग्याे,कारवाहिकाे लागि प्रशासनमा उजुरी


नुवाकोट -गत बर्षबाट सञ्चालनमा आएको नुवाकोट शित भण्डारी प्रालिले किसानलाई ठग्दै आएको खुलेको छ ।

प्रदेश सभा सदस्य समेत रहेका बद्रि मैनाली अध्यक्ष रहेको नुवाकोट शित भण्डार प्रालिले किसानलाई दिनु पर्ने सुबिधा र सहुलियत नदिई ठग्दै आएको खुलेको छ।प्रधानमनित्र कृषि आधुनिकिकरण परियोजनाको उप आयोजना अन्तर्गत पुरक अनुदानमा निर्माण भएको शित भण्डार प्रालीले परियोजना सञ्चालन भएको क्षेत्रका किसानहरु लाई दिनु पर्ने अनुदान छुट नदीई शित भण्डार सञ्चालन गर्दै आएको छ । परियोजनाको ११ करोड २५ लाख रुपैयाँ पुरक अनुदानमा निर्माण भएको शित भण्डारले ५ बर्ष सम्म परियोजना क्षेत्रबाट उत्पादन भएका कृषि उपजको भण्डारण गर्दा ५० प्रतिशत अनुदान दिनु पर्ने प्राबधान रहेको छ ।

यस्तै,परियोजना लागु भएको जिल्ला बाहिरबाट आएका कृषि उपज सामाग्रीहरुमा २५ प्रतिशत अनुदान उपलब्ध गराउनु पर्ने छ । यस्तै,बिउको लागी भण्डारण गरिएका सबै कृषि सामाग्रीमा शित भण्डारण सञ्चालन भए सम्म ४० प्रतिशत अनुदान दिनु पर्ने सम्झौता पत्रमा उल्लेख छ । तर नुवाकोट शित भण्डारले नुवाकोटका किसानहरुलाई १० प्रतिशत मात्रै अनुदान दिएको र लागत भन्दा बढि भाडादर कायम गर्दै आएको छ ।

नुवाकोट शित भण्डार सञ्चालनमा आएको पहिलो बर्षमा नै प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनासँग भएको सम्झौता बिपरित काम गरेको देखिएको छ । परियोजना अन्तर्गत नुवाकोट र रसुवामा आलु जोन कायम गरि आलुको उत्पादनमा बृद्धि गरि सहुलियत रुपमा भण्डारणको लागी परियोजनाले शित भण्डार निर्माणको लागी अनुदान दिएको हो । परियोजनाको कार्य क्षेत्रमै रहेका किसानहरुले महङगो भाडादर कायम गरेको र क्षेत्राधिकार भित्र पाउनु पर्ने छुट अनुदान नपाएको भन्दै प्रमुख सिजल्ला अधिकारी र परियोजना प्रमुखको ध्यानाकर्षण गराएका छन् ।
केपि वली समुहको घाेषित नेकपा नुवाकोटका अध्यक्ष र बाग्मती प्रदेश सभा सदस्य समेत रहेका बद्रि मैनालीले सञ्चालन गरेको शित भण्डारले किसानहरुलाई ठग्न थालेपछी किसानहरु नियामक निकायमा पुगेका छन् ।

प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना आलु जोन सञ्चालक समिति सहितका किसानहरु प्रियोजना प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउदै परियोजनासँग भएको सम्झौता अनुसारको सहुलियत पाउनु पर्ने माग गरेका छन् । परियोजनाको आलु जोन सञ्चालक समितिका अध्यक्ष बिवेक ढकालले राज्यले दिएको पुरक अनुदानमा निर्माणमा भएको शित भण्डारले किसानहरुसँग लाखौँ रुपैयाँ ठग्दै आएको बताउनु भयो । शित भण्डारले कार्यालयमा नदेखिने कुनामा भाडादर टाँस गरेको र त्यो पनी परियोजनाको सम्झौता भन्दा महङगो दररेट शित भण्डारण केन्द्रले लागु गरेको बताउनु भयो ।

कृषि आधुनिकिकरण परियोजना, योजना कार्यान्वयन इृकाई नुवाकोटका प्रमुखलाई ध्यानाकर्षण गराउदै आलु जोन सञ्चालक समितिका सचिब बिनोद पाठकले राज्यले तोकेको भाडादर र सहुलियत नदीएमा शित भण्डारण केन्द्र किसानले कब्जा गर्ने बताउनु भयो । किसानहरुलाई सहुलियत प्रदान गर्नको लागी पुर्ण अनुदानमा निर्माण भएको शित भण्डारण केन्द्रले जोन कार्यान्वयन ईकाई अन्तर्गतकै किसानहरुलाई महङ्गो दररेट निर्धारण गरि थोरै मात्रै सहुलियत दिएको उहाँको भनाई छ ।

यता, प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई नुवाकोटका प्रमुख सुरेन्द्र पोखरेलले परियोजनासँग भएको सम्झौता शित भण्डारण केन्द्रले अक्षरसं पालना गर्नु पर्ने बताउनु भयो । सम्झौता पत्रमा उल्लेख भएका बिषयहरुलाई कार्यान्वयन गर्दै किसानहरुको कृषि उपज सहुलियत दरमा भण्डारण गर्नुपर्ने बताउनु भयो ।
बिदुर नगरपालिका वडा नम्बर २ मा निर्माण भएको शित भण्डार केन्द्रका सञ्चालक बद्रि मैनाली आफु प्रदेश सांसद रहेकै कारण आफु अनुकुल निर्णय गराउदै आएका छन् । यस भन्दा अगाडी पनी सित भण्डारण निर्माणको क्रममा पँहुचमै रहेका कारण राज्यबाट फाईदा लिदै आएका थिए । शित भण्डारको उपकरण खरिद र निर्माण प्रकृयामा समेत उनले आफ्नो शक्तिको पँहुचमा आडमा ब्यक्तिगत फाईदा लिदै आएका थिए ।
स्मरण रहाेस अर्का प्रदेश संसद केशव पाण्डेले विदुर न पा ५ मा निर्माणाधीन हिमालयन शितभण्डारमा प्रदेश सरकारकाे ५० प्रतिशत अनुदान मिलाईदिए बापत ५ कराेड सेयर पुजि मागेकाे भनी जग्गा धनी तथा सन्चालकहरुले आक्राेस व्यक्त गर्दै सामाजिक संजालमा आफ्ना धारणाहरु पाेखेका थिए। पावर र शक्तिकाे आडमा राज्यकाे अनुदानलाई किसानले पाउनु पर्ने भन्दा पनि नेता आफू र आफ्ना अनुकुल व्यक्तिलाई अनुदान प्रदान गर्ने याे नयाँ बिषय नभएकाे किसानहरुकाे भनाई रहेकाे छ।


मंगलवार, फाल्गुन ११ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार