अनेमसंघ नुवाकोटको विराेध प्रदर्शन तथा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र


विदुर, नुवाकाेटमा बढ्दो महङ्गी,वलत्कार ,भ्रष्टाचार र प्रतिगमनका विरुद्ध माधव प्रचण्ड समुहका महिलाहरुकाे आज विदुरमा विशाल प्रदर्शन सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।
अखिल नेपाल महिला संघ केन्द्रीय सर्कुलर र आन्दोलन परिचालन कमिटिकाे निर्णय अनुसार देशै भरिका जिल्ला सदरमुकाममा महिला र्यालि र जिल्ला प्रशासन मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न भएकाे नुवाकाेटकाे वट्टारवाट शुरु भएको महिलाहरुकाे र्यालि प्रतिगमन विरुद्धको नारा जुलुस सहित विदुर स्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएकाे हाे।

ज्ञापन पत्र पश्चात् नेकपा पार्टि कार्यालयमा काेणसभा सहित उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे।
काेणसभा अखिल नेपाल महिला संघ नुवाकाेट जिल्ला कमिटिका संयाेजक कल्पना रिजालकाे अध्यक्षता तथा नेकपा केन्द्रीय सदस्य विमला सुवेदिकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे। कार्यक्रममा पार्टि अध्यक्ष हिरानाथ खतिवडा,पार्टि सचिव नारायण प्रसाद खतिवडा,बुद्धि प्रधान, राजेन्द्रप्रसाद लाेहनी, सुर्य कडेल,विदुर नगरपालिका मेयर सन्जु पण्डित ,उपमेयर,गिता कुमारी दाहाल,महिला नेतृ शान्ता अधिकारी,सुभद्रा नेपाल, उषाकिरण तिम्सिना ,निर्मला खड्का अधिकारी,बिना ख्याती, लगाएतले मन्तव्य राखेका थिए।

त्यस्तै ,तारकेश्वर गाउँपालिका उपाध्यक्ष तारादेवि रिमालले कार्यक्रम संचालन गर्नुभएकाे थियाे।


आईतवार, फाल्गुन ९ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार