वागमति प्रदेश लिग जारी ,नुवाकाेट युनाईटेडकाे दाेश्राे जित


नुवाकोट -नुवाकोटको वट्टारमा जारि वागमति प्रदेश लिग फुटवल प्रतियाेगिताकाे आजकाे खेलमा नुवाकाेट र धादिङ विजय भएकाे छ।
वागमति प्रदेशका १० टिमले सहभागिता जनाएकाे प्रतियाेगिताकाे आजकाे पहिलाे खेलमा धादिङ् समाज धादिङले नमुना जनउत्थान क्लव सिन्धुलिलाई ४-० गाेल अन्तरले हराएकाे छ भने दाेश्राे खेलमा नुवाकाेटकाे नुवाकाेट युनाईटेड फुटवल क्लवले टाईगर टिकाथलि दाेलखा लाई २-१ गाेल अन्तरले हराउन सफल भएकाे छ।
धादिङ समाजका श्रिकृष्ण भण्डारीले २ गाेल तथा चतुरमान तामाङ र विपिन कडेलले एक एक गाेल गर्दै धादिङ्ले विजय यात्रा शुरु गरेकाे छ पहिलाे खेलमा धादिङ र दाेलखाले वरावरि खेलेका थिए। खेलमा धादिङका श्रिकृष्ण भण्डारी प्लेयर अफ द गेम घाेषित भए।
त्यसैगरि आजै भएकाे दाेश्राे खेलमा नुवाकाेटकाे नुवाकोट युनाईटेड फुटवल क्लवले दाेलखाकाे टाईगर टिकाथलिलाई २-१ गाेलले हराउने क्रममा विवेक तामाङ र सहिल नगरकाेटिले एक एक गाेल गरेका थिए भने पराजित टिकाथलि दाेलखाका राेशन श्रेष्ठले एक गाेल गरेका थिए। खेलमा प्लेयर अफ द गेम नुवाकाेटका अजय वाईवा घाेषित भएका थिए। नुवाकाेटले दाेश्राे जित सङ्गै ६ अङ्क जाेड्न सफल भएकाे छ।


शनिबार, फाल्गुन ८ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार