नुवाकोट -अनेरास्ववियू नुवाकाेट जिल्ला कमिटि नुवाकोटकाे आयाेजनमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ।
नुवाकाेट आदर्श वहुमुखि क्याम्पस वट्टारमा प्रजातन्त्र दिवसकाे उपलक्ष्यमा आयाेजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए।
अनेरास्ववियू नुवाकाेट कमिटि द्धारा आयाेजित बृहत रक्तदान कार्यक्रममा अनेरास्ववियू केन्द्रीय कमिटि सदस्यहरु उत्तम अधिकारि,आरति लामा लगाएत पार्टि नेता तथा कार्यकर्ताहरुले रक्तदान गरेका थिए।
नेपाल रेडक्रस साेसाईटि रक्त सन्चार केन्द्र नुवाकाेटकाे प्राविधिक सहयाेगमा आयाेजित कार्यक्रममा सङ्कलित रगत रक्त सन्चार केन्द्रमा पठाईएकाे कार्यक्रम संयाेजक विनाेद काेईरालाले जानकारी दिए।
शुक्रबार, फाल्गुन ७ २०७७ मा प्रकाशित