वागमति प्रदेश लिग शुरु, नुवाकाेटकाे विजयी सुरुवात


नुवाकोट -नुवाकोटको वट्टारमा आजवाट वागमति प्रदेश लिग फुटवल प्रतियाेगिता शुरु भएकाे छ।
वागमति प्रदेशका १० टिमले सहभागिता जनाएकाे प्रतियाेगिताकाे उद्धघाटन विदुर नगरपालिकाका नगर प्रमुख सन्जु पण्डितले गरेका हुन्।उद्घघाटन कार्यक्रममा वाेल्दै नगर प्रमुख पण्डितले नुवाकाेटकाे सदरमुकाम विदुरमा रहेकाे खेलमैदान यति राम्राे हुदाहुदै वस्ने प्याराफिटकाे अभाव देख्दा मन खिन्न रहेकाे बताउदै वट्टार क्याम्पसकाे स्वामित्वमा रहेकाे याे मैदान एन्फा वा संघकाे नाममा प्रयाेग गर्न मिल्नेगरि कागजि प्रकृया मिलेमा स्थाई प्याराफिटकाे लागि विदुरले लगानि गर्न तयार रहेकाे बताए। उहाँले जनताका अन्य विकासका काम सङ्गै खेलकुदकाे विकासकाे लागि आफू र नगरपालिका प्रतिवद्ध रहेकाे बताए।

कार्यक्रममा दुप्चेश्वर गाउँ पालिका अध्यक्ष याेगेन्द्र सिंह तामाङले जिल्लाकाे समग्र खेलकुदकाे विकास र विस्तारमा सधै आफ्नाे र पालिकाकाे पुर्ण साथ रहेकाे वताउदै सवैलाई सहकार्यकाे लागि हातेमालाे गर्दै अगि वढ्न अनुराेध गरेका थिए।
कार्यक्रममा नुवाकाेटका खेलकुद विकास समितिका पुर्व अध्यक्ष बुद्धि वहादुर प्रधान,विदुर नगरपालिकाका वडा अध्यक्षहरु टलकमान श्रेष्ठ,शनि चित्रकार,बद्री रिमाल,एन्फा केन्द्रीय सदस्य पुर्णमान चित्रकार लगाएतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे अध्यक्षता एन्फा उपमहासचिव तथा प्रतियाेगिता संयाेजक वावुकाजि वस्नेतले गरेका थिए।
आज सम्पन्न उद्धाटन खेलमा नुवाकाेटकाे नुवाकाेट युनाईटेड फुटवल क्लव विजयि भएकाे छ। नुवाकाेटले सिन्धुलिकाे नमुना जनउत्थान क्लव लाई २-१ गाेल अन्तरले हराउदै विजयि भएकाे हाे।विजयि टिम नुवाकाेटकाे लागि खेलकाे ३१ओेै मिनेटमा जर्सि न १९का हार्दिक भन्डारिले र खेलकाे ४७ओै मिनेटमा जर्सि न १८का सुमन तामाङ्ले गाेल गरेका थिए भने पराजित टिमका जर्सि न २७का कमल गुरुङले खेलकाे ७१+१ ओै मिनेटमा सान्तन्वा गाेल फर्काएका थिए। खेलमा नुवाकाेटले महत्वपुर्ण ३ अङ्क प्राप्त गर्न सफल भयाे।
त्यसैगरि प्रतियोगिताकाे आजै भएकाे दाेश्राे खेलमा धादिङकाे धादिङ् समाज र दाेलखाकाे टाईगर टिम तिखातल विचकाे खेल २-२ गाेलले वरावरिमा सकिएकाे छ। दाेलखाका लागि खेलकाे ३७ओै मिनेटमा जर्सि न. १२ का सम्वुजन श्रेष्ठले गाेल गरेका थिए भने खेलकाे ४६ओै मिनेटमा जर्सि न. १३ का सन्त वहादुर तामाङ्ले गाेल गरेका थिए। २ गाेलले पछि परेकाे धादिङ्ले खेलमा सुधार गर्दै खेलकाे ५८ओै मिनेटमा विपिन कडेलले गाेल गरे भने खेलकाे ७० ओै मिनेटमा विपिनकै गाेलमा धादिङले वरावरि गर्दै १/१ अङ्क वाड्न सफल भयाे। भाेलिकाे खेल काठमाडौं र काभ्रे तथा ललितपुर र सिन्धुपाल्चोक विच हुने एन्फा उपाध्यक्ष उद्वव पनेरुले जानकारी दिए।


बिहीबार, फाल्गुन ६ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार