नुवाकाेट नेकपाकाे सहिद स्मृति तथा सम्मान कार्यक्रम सम्पन्न


विदुर,नेपाल कम्युनिस्ट पार्टि (नेकपा) जिल्ला सङ्गठन कमिटि नुवाकाेटले सहिद स्मृति तथा सम्मान कार्यक्रम गर्दै जनयुद्ध दिवस मनाएकाे छ।

विदुर स्थित जिल्ला पार्टि कार्यालय नुवाकोटमा नेपाल कम्युनिस्ट पार्टि (नेकपा) नुवाकाेटका अध्यक्ष हिरानाथ खतिवडाकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहिदहरुकाे फाेटाेमा माल्यार्पण गर्दै सहिद र जनयुद्दकाे वारेमा चर्चा गरिएकाे थियाे।
कार्यक्रममा पार्टि अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हिरानाथ खतिवडाले जनयुद्धकाे जगमा प्राप्त गणतन्त्र र जनताकाे संविधानलाई जाेगाउन फेरि सहिदहरुकाे बलिदानलाई सम्झदै उहाँहरुकाे रगत र त्यागलाई खेर जान नदिन पनि एक ढिक्का हुँदै प्रतिगमनका विरुद्ध लाग्न आग्रह गर्नुभयाे।

प्रतिनिधि सभाका सदस्य माननीय नारायण प्रसाद खतिवडाले जनताका वलिदान र त्यागमा प्राप्त उपलब्धिहरु गुम्ने खतरा रहेकाे वताउदै सहिद र वलिदानले प्राप्त संविधान र व्यवस्था जाेगाउन फेरि एक पटक सवै जनता जाग्नु पर्ने अपवस्था आएकाेले सवैमा संविधानकाे रक्षाकाे निमित्त हाेमिन आग्रह गर्नुभयाे।

विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले शहिदका सपनामा टेकेर वर्गिय आन्दाेलनकाे नेतृत्व गर्दै दुईतिहाई प्राप्त कम्युनिष्ट सरकारले जनताकाे भावना विपरित टुटफुट र विभाजनकाे संघारमा पुगेकाेले पुन सहिदकाे रगत र त्यागकाे न्यायकाे लागि एक ढिक्का वन्दै प्रतिगमन र निरङ्कुसताका विरुद्दमा लाग्न सवैलाई आग्रह गर्नुभयाे।

त्यस्तै,कार्यक्रममा युवा नेता उद्वव पनेरुले धन्यवाद ज्ञापन गर्दै जनयुद्व र जनआन्दोलनका महान सहिदहरुका सपना पूरा गर्दै प्रतिक्रान्ति र प्रतिगमनका विरुद्ध अर्काे जनआन्दोलन गर्नु जरुरी रहेकाे बताउनु भयाे।

कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुले सहिद र गणतन्त्र अनि व्यवस्था र संविधानका विषयमा चर्चा गरिएकाे कार्यक्रमकाे अध्यक्षता प्रदेश कमिटि सदस्य सुभद्रा नेपालले गर्नुभएकाे थियाे।


शनिबार, फाल्गुन १ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार