नेपाली सेनाकाे जबंर जङ्ग गणद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन


नुवाकोट -नेपाली सेनाले नुवाकोटको किस्पाङ गाँउपालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
नुवाकोट सदरमुकाम बिदुरमा रहेको नेपाली सेनाको जबंर जङ्ग गणले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । किस्पाङ आधारभुत स्वाथ्य चौकिमा संचालन गरेको दुई दिने शिविरको उद्घाटन गर्दै गाँउपालिकाका अध्यक्ष छत्रबहादुर लामाले नुवाकोटको ग्रामिण भेगमा रहेको किस्पाङ गाँउपालिकामा स्वास्थ्य सम्बनिध चेतना कम भएकाले निशुल्क स्वास्थ्य शिविर प्रभाबकारी हुने बताउनु भयो । स्थानिय तह आफैले समेत प्रत्यक बर्ष निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएकोले नेपाली सेना बिशेषज्ञ चिकित्शक सहितको सेवाले स्थानिय तहको स्वास्थय सेवा प्रभाबकारी बनाउन थप सहयोग पुगेको बताउनु भयो ।

कार्यक्रममा नेपाली सेनाकाे जबंर जङ गण देबिघाटका गणपती उदय बहादुर लामिछानेले जनतालाई रोग पिडा नहोस र बिरामी परेर गाउघरमा रहेका बृद्धबृद्धा तथा अशक्त नागरिकहरु लाई घर दैलोमै निशुल्क रुपमा उपचारहोस भन्ने उद्देश्यले सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनु भयो । गणपति लामिछाने भन्नू हुन्छ “सेना र जनताको बिचको सम्बन्ध एकआपसमा जोडिएकाले सेनाको सानो सहयोगले जनतामा खुसियाली छाउनुका साथै सम्बन्ध अझ गाढा र प्रगाढ बनाउनको लागी निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हाे” । उहाँले प्रत्यक बर्ष नेपाली सेनाले नुवाकोटको ग्रामिण भेगमा निशुलक स्वास्थय शिविर सञ्चालन गर्दै आएको छ । स-साना स्वास्थ्य सेवा लिन पनी लामो समय पर्खिएर जिल्ला सदरमुकाम विदुर पुग्नु पर्ने बाध्यतालाई हटाउन गणको आन्तरिक श्रोतबाट नै शिविर सञ्चालन गरेको उहाँले बताउनु भयो ।

सेनाले आफनै घर आगनमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि किस्पाङका नागरिकहरु खुसि भएका छन् । निशुल्क शिविरमा सबै राेगका बिशेषज्ञ चिकित्शकहरुले सेवा दिएका छन् । नेपाली सेना जबंर जङ्ग गण, त्रिशुली अस्पताल नुवाकोट, स्वास्थ्य कार्यालय नुवाकोटको सहकार्यमा किस्पाङ गाँउपालिका वडा नम्बर ३ मा दुई दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरको पहिलो दिनमा नै झण्डै ३ सय जनाले सेवा लिएका छन् ।

सेनाले कपाल काट्ने देखि सरसफाईको कार्यमा समेत सहयोग गरेको छ । शिविरमा आएका सेवाग्राहिहरुको कपाल काट्ने, उनिहरुलाई सरसफाई सम्बन्धि प्रशिक्षण दिने कार्य गरेको छ । निशुल्क स्वास्थ्य शिविरमा धेरै नागरिकहरुले महिला रोग सम्बन्धि सेवा लिएका छन् ।
शिविरमा सामान्य चिकित्शा, दन्त रोग, स्त्री रोग, नाक, कान, घाँटी र आँखा सम्बन्धि समस्या भएका सर्व-साधारणको स्वास्थ्य चेकजाँच गरिएको नेपाली सेनाले जनाएको छ ।

त्रिशुली अस्पताल नुवाकोटका बिशेषज्ञ चिकित्शक, जवर जङ्ग गण देबिघाटका बिशेषज्ञ चिकित्शक र ६ नम्बर बाहिनिका बरिष्ठ चिकित्शकहरुबाट सेवा प्रबाह भैरहेको नेपाली सेना जबंर जङ्ग गण देबिघाट ब्यारेकले जनाएको छ ।


मंगलवार, माघ २७ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार