नुवाकोटमा एकाध पत्रकार वाहेक सबै माधव-प्रचण्ड समुहमा


नुवाकोट -प्रेस संगठन नुवाकोटको आज भएकाे एतिहाँसिक भेलामा एकाध पत्रकार वाहेक सवै माधव प्रचण्ड समुहमा रहेका छन्।

आज बसेकाे भेलामा आफ्ना धारणा राख्दै नेकपा नुवाकोटका अध्यक्ष एवं प्रदेश सभा हिरानाथ खतिवडाले केपि वलीको प्रतिगामि कदमले मुलुक मुठभेद तर्फ लम्किएको बताउनु भयो ।उहाँले प्राप्त भएका उपलब्धीहरुलाई संस्थागत गर्ने र निजि स्वार्थ बिचको मुठभेद हुने बताउनु भयो । केपि वलीले नजी स्वार्थको लागी प्राप्त संबिधानमाथीनै कु गरेको बताउनु भयो ।

प्रेस संगठनको एतिहाँसिक जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले केपि वलीले निरङकुस हर्कत गर्दै आफ्नो सक्ता टिकाउन तर्फ लागेको बताउनु भयो । संसदमा दुईतिहाई प्राप्त आफ्नै दलबाट अबिस्वासको प्रस्ताब मार्फत आफ्नो पद गुम्ने भएपछी संसदनै बिघटनमा लगेका वलीको निजि स्वार्थको लडाई केहि दिनमानै समाप्त हुने बताउनु भयो । राष्ट्रिय स्वाधिनता भन्दा माथी आफ्नो ब्यक्तिगत स्वार्थको लागी केपि वली संबिधान भन्दा माथी पुगेकाले केहि दिनमानै वली सिद्धिने बताउनु भयो ।

प्रेस संगठनको जिल्ला भेलामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेब खनालले महासंघको केन्द्रिबाटनै प्रतिगमनको बिरोध भैरहेको बताउनु भयो । संसद बिघटन, संबैधानिक आयोगको नियुक्तिहरु संबिधानको मर्म र भाबवा बिपरित रहेको उहाँले बताउनु भयो ।
यस्तै, भेलामा सहभागी भएकाहरुले केपि वलीको असंबैधानिक कार्य प्रति जुटेर आन्दोलनमा उत्रिनु पर्ने बताउनु भयो । नागरिक समाजको रुपमा रहेको अग्रणि संस्था पत्रकार महासंघले सडक र कलम दुबैबाट असंबैधानिक कार्य प्रति बिरोध गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्न तर्फ लाग्नु पर्ने बताएका छन् ।


शनिबार, माघ २४ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार