नुवाकोटमा आमहड्तालको प्रभाव, सबारीसाधन सञ्चालन ठप्प


नुवाकोट -नेकपा प्रचण्ड–नेपाल समुहले आब्हान गरेको आमहड्तालको नुवाकोटमा कडारुपमा प्रभाव परेकाे छ ।
संवैधानिक निकायमा गरिएको नियुक्तिका विरोधमा नेकपा प्रचण्ड–नेपाल समुहले गरेको बन्दलाई सफल बनाउन प्रचण्ड–नेपाल समुहका नेता तथा कार्यकर्ताहरुले चोकचोकमा प्रर्दशन गरिरहेका छन् ।
बन्दको कारण लामो तथा छोटो दुरीका सवारीसाधन पुर्ण रुपमा ठप्प रहेको छ भने अत्याआवश्यक सवारी साधनहरु एम्बुलेन्स, सञ्चारर्की, सुरक्षाकर्मी स्बास्थ्यकर्मीका सबारी साधनलाई भने निर्वाध रुपमा चल्न दिईएको छ । यस्तै, शैक्षिक संस्थाहरु, उद्योग कलकारखाना, यातायातका क्षेत्र समेत पुर्ण रुपमा ठप्प रहेका छन् ।
प्रर्दशनकारीहरु नुवाकोटको सदुरमुकाम विदुर, ढुङ्गे, बट्टार, कोलनी, देविघाट, महादेवफाट लगायतका स्थानमा प्रर्दशन गरिरहेका छन् । आज बिहान बट्टार स्थित बन्दको अबज्ञा गर्दै चलार्ईएको एकवटा सरकारी मोटरसाईकलको प्रर्दशनकारीहरुले तोडफोड गरिदिएका छन् ।


बिहीबार, माघ २२ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार