प्रचण्ड–नेपाल पक्षको मसाल जुलुस,भाेलि देशव्यापीरुपमा आमहड्ताल


नुवाकोट-आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले आज विदुरमा मसाल जुलुस निकालेका छन् ।
नुवाकोटका नेकपाका कार्यकताहरुले मसाल जुलुस निकालेका हुन् । सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ।
नेकपा प्रचण्ड–माधव समूहले संवैधानिक निकायमा सरकारले बुधबार गरेको नियुक्ति बलमिच्याइँको पराकाष्टा भएको बताएको छ । र, त्यसको विरोधमा भोलि बिहीबार देशब्यापी आमहड्ताल गर्ने घोषणा गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा ३२ पदाधिकारी नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले आकस्मिक रुपमा भोलि देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको छ


बुधबार, माघ २१ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार