नुवाकोटमा वसको ठक्करबाट शसस्त्र प्रहरीको मृत्यु


नुवाकोट-नुवाकोटको विदुर नगरपालिका-१ स्थित ढुङ्गेमा आज बिहानै वसको ठक्करबाट शसस्त्र प्रहरीको मृत्युु भएकाे छ ।
त्रिशुलीबाट काठमाण्डौतर्फ जान लागेको ग १ ख ८८९८ नम्बरको नमस्ते पासाङल्हामु यातायात समितिको वसले ठक्कर दिदा विदुर नगरपालिका-१० स्थित गेर्खुटारका १९ वर्षिय दिनेश तामाङकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जानकारी दिएकाे हाे। प्रहरीका अनुसार तामाङलाई बसले ठक्कर दिएर घाइते भएका थिए भने उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
घटनापछि चालक र वसलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


मंगलवार, माघ २० २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार