विदुर नगरपालिका द्वारा ट्राफिक सांकेतिक हाेडिङ बाेर्ड हस्तान्तरण


नुवाकोट -विदुर नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोट लाई ट्राफिक सांकेतिक होडिङ बोर्ड आज बट्टारमा एक कार्यक्रमकाे आयाेजना गर्दै हस्तान्तरण गरेकाे छ।

विदुर नगरपालिका कार्यलयकाे आयाेजना र विदर-४ वडा कार्यलयकाे समन्वयमा सडक पार्किङकाे व्यवस्थापन र ट्राफिक सचेतनामुलक कार्यक्रमकाे विषयमा छलफल गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटलाई बिभिन्न किसिमका ट्राफिक सांकेतिक होडिङ बोर्ड हस्तान्तरण गरेको विदुर नगरपालिकाका नगर प्रमुख सन्जु पण्डितले जानकारी दिनुभयाे। नगर प्रमुख पण्डितका अनुसार सडककाे सभ्यता अभिवृद्धि गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक संकेतिक हाेडिङ बाेर्डले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयाे।

विदुर नगरपालिका उप-प्रमुख गिता कुमारी दाहालले सडक दुर्घटना न्यूनीकरण गर्न अव्यवस्थित सडकलाइ व्यवस्थित बनाउन सकियाे भने मात्र दुर्घटना राेकिने बताउदै सुरक्षित सडक बनाउन विभिन्न तह र तप्कावाट लाग्नुपर्ने बताउनु भयाे।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सडक प्रयोगकर्ता सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुक बनाउन चोक–चोकमा विभिन्न सुचना दिने सांकेतिक हाेडिङ बाेर्ड राखेर ट्राफिक सचेतनामूलक सुचनाहरु बजाउँदै जनचेतना जगाउने कामभयाे भने अझै सडक दुर्घटना न्यूनिकरण हुने र नागरिकहरुले पनि ट्राफिक नियमकाे जानकारी पाउने बताउनुभयाे ।
विदुर-४ का वडा अध्यक्ष टलकंमान श्रेष्ठले जिल्लामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधन चालकहरूलाई ट्राफिक नियमबारे जानकारी गराउन विभिन्न सचेतनामुलक कार्यक्रमहरु समय समयमा गरिरहनु पर्ने जानकारी दिदै बिशेश गरि सडक दुर्घटना हुने मुख्य कारण सवारी साधनको गति तीव्र हुनु , अनियन्त्रित, ओभरट्रयाक र सवारी चालकको लापर्वाहीले गर्दा बढ्दो सवारी दुर्घटनाको जोखिम रहेकाे बताउनुभयाे। उहाँले सडकलाई व्यवस्थित न्यूनिकरण गर्न ट्राफिक सचेतना कार्यक्रमलाई तिव्रता दिनुपर्ने बताउनुभयाे।
कार्याक्रममा नुवाकोटका प्रहरी प्रमुख तुल बहादुर कार्की,सशस्त्र प्रहरी बल नुवाकोटका प्रमुख मदन ढुङ्गाना, जि.ट्रा.प्र.का.नुवाकोटका प्रमुख सुरेन्द्र बिष्ट लगायत जन-प्रतिनिधी, संञ्चारकर्मी तथा स्थानियहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएकाे थियाे।


बिहीबार, माघ ८ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार