किस्पाङ हुँदै तारकेश्वर पुग्ने सडककाे काम तिव्ररुपमा शुरु


नुवाकोट -किस्पाङ गाउँपालिका देखि तारकेश्वर गाउँपालिका सम्म जाेड्ने सडककाे काम तिव्र रुपमा सन्चालन भैरहेकाे छ।
किस्पाङ गाउंपालिका-१स्थित भाल्चेको वडा कार्यलय  हुँदै साल्मे ग्युल्माने बुङ्ताङ देउराली सामरी दाङ्सिङ बुधसिङ हुँदै तारुका सम्म जोड्ने सडक खण्डकाे काम तिव्ररुपमा अगाडि बढीरहेकाे छ। प्रदेश निर्बाचन क्षेत्र विकास कार्यक्रमकाे आर्थिक बर्ष २०७५/७६ मा बहु वर्षिय याेजनामा परेर ठेक्का प्रक्रियामा गइ यसै बर्ष बाट कालोपत्रे प्रक्रिया सुरु भएको छ । करिब ६२ करोड बराबरको रकममा टेन्डर प्रक्रियामा गई ठेक्का प्रकृया वाट याे वर्ष कालाेपत्रे गर्ने काम सुरु भएकाे हाे।

नेपाल कम्युनिस्ट पार्टी नेकपा किस्पाङगाउँ कमिटी, प्रदेश सभा सदस्य हिरानाथ खतिवडा र आशा माया तामाङ साथै संघिय सभासद नारायण प्रसाद खतिवडाको बिशेष पहलमा वहुवर्षिय याेजनामा पारी समग्र नुवाकाेटकाे पश्चिमि भुभागलाई समेटि निर्माण भैरहेकाे याे सडक विकासकाे काेशेढुङ्गा साबित बनेकाे स्थानिय कृष्ण तामाङले जानकारी दिनुभयाे। तामाङका अनुसार यस सडक खण्ड कालोपत्रे हुदा किस्पाङ गाउपालिका हुँदै म्यागाङ गाउपालिका र विदुर नगरपालिकाको माथिल्लो भेगलाइ समेट्दै तार्केश्वर गाउपालिका सम्म जाेडिएर तारकेश्वरकाे माथिल्लाे भुभागमा बसाेवास गर्ने आमनागरिकलाई सहजताका साथै व्यापारिक दृष्टिकोणले पनि पहाडि करिडाेरकाे काम गरेकाे उहाँले बताउनु भयाे।


शनिबार, माघ ३ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार