असंवैधानिक संसद बिघटनकाे विषयमा सार्वजनिक बहस सम्पन्न


विदुर,नेपाल कम्युनिष्ट पार्टि (नेकपा) काे केन्द्रीय संघर्ष समितिकाे घाेषित कार्यक्रम अनुसार आज नुवाकाेटकाे वट्टारमा अन्तरक्रिया तथा बहस कार्यक्रम सम्पन्न भएकाे छ।

पाैष ५ गते प्रधानमन्त्रीले गरेकाे संसद विघटन असंवैधानिक किन? भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) नुवाकाेट र अनेरास्ववियू नुवाकाेटकाे संयुक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य माननीय नारायण प्रसाद खतिवडाले संविधानले कल्पनानै नगरेकाे विघटनकाे काम प्रतिक्रान्ति भएकाे बताउदै कुनैहालतमा याे अवैधानिक कु फिर्ता हुनुपर्ने वताउनुभयाे।

अवैधानिक कु फिर्ता हुनुपर्ने वताउनुभयाे।
कार्यक्रममा नेकपा युवा नेत्रि सचिवालय सदस्य उषाकिरण तिमल्सिनाले खड्कप्रसाद ओलिकाे राजनितिक वेईमानि र असंवैधानिक कु जनताले वुझेका छन् भन्दै कुनैपनि तानाशाहहरुले हारेका ईतिहास छन् जित सधै जनताकै हुने बताउनु भयाे।

कार्यक्रममा अधिवक्ता उत्तम घिमेरेले संविधानमा परिकल्पना गरेका कुनै धारा र वुदामा नटेकि गरिएकाे बिघटन ईतिहासकै कालाे दिन भएकाे वताउदै न्यायलयले न्याय दिनेमा ढुक्क रहेकाे वताउनु भयाे।

अधिवक्ता गरिमा पाण्डेले संविधानकाे अपव्याख्या गर्ने अघिकार कसैमा नभएकाे जिकिर गर्दै कुनै धारा र दफामा विघटनको सम्भावनानै नभएकाे वताउदै नुवाकोट वार एसाेसियनकाे प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने धारणा स्पस्ट रहेकाे वताउनु भयाे।

त्यसैगरि पत्रकार रामहरि गजुरेलले असंवैधानिक कदम सच्चाउनका लागि सवै एकतावद्ध भएर लाग्नुपर्ने समय आएकाे वताउदै आन्दाेलनकाे लागि सवैलाई आव्हान गर्नुभयाे।

अनेरास्ववियू नुवाकाेटका सहसंयाेजक विनाेद काेईरालाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सन्चालन नेकपा युवानेता उद्धव पनेरुले गर्नुभएकाे थियाे।


आईतवार, पुष २६ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार