गाैरिबेसि युवा क्लवले जित्याे,प्रथम लर्केप कप फुटबलको उपाधि


नुवाकाेट, तारकेश्र्वर गाउँपालिकामा प्रथम लर्केप कप नकआउट फुटवल प्रतियाेगिता सम्पन्न भएकाे छ।
प्रतिनिधि सभा सदस्य माननीय नारायण प्रसाद खतिवडाकाे प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा गाैरिबेसि युवा क्लव विदुर १२ विजयि भएकाे छ।
तारकेश्र्वर गाउँपालिका-१ मा रहेकाे लर्केप युनाईटेड युवा क्लवकाे आयाेजनामा स्थानिय नागिपङ खेलमैदानमा यहि पुस १९-२५ सम्म सन्चालित फुटवल प्रतियाेगितामा गाैरिबेसि युवा क्लव विदुर-१२ ले म्यन्दाेफेले युवा क्लव निलकण्ठ १ लाई ३-१ गाेल अन्तरले हराउन सफल भएकाे छ।

प्रतियोगितामा प्रथम र द्वितिय हुने क्लवलाई क्रमस ५० हजार ,२५ हजार नगद ,मेडल ट्रफि र प्रमाणपत्र प्रदान गरिएकाे समापन समाराेहका प्रमुख अतिथि माननीय नारायण प्रसाद खतिवडाले युवाहरुलाई खेलकुदमा लागेर अनुशनशित र लगनसिल सामाज निर्माणका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नाे र गाउँको नाम चिनाउनकाे लागि आग्रह गर्दै सुखदुखमा पनि सधै तपाईहरुकाे घर आगनमा रहि सहयाेग गर्न तयार रहेकाे वताउनु भयाे।संसद खतिवडाले गाउँ घर र यहि समाज मेरा लागि सुखदुख विसाउने चाैतारि भएकाे वताउदै सधै यहि गाउँ र समाजकाे लागि सवै सहयाेग गर्न तयार रहेकाे वताउनु भयाे।

कार्यक्रममा नेकपाका युवा नेता तथा पालिका अध्यक्ष रमेश वस्तिले युवाहरुकाे भावना वुझेरै पालिकाले युवा केन्द्रित कार्यक्रमहरुलाई प्रथमिकतामा राखि वजेट छुट्टयाइएको वताउदै सधै तारकेश्र्वरकाे विकासमा लागि रहने वताउनु भयाे।
नेकपाका युवा नेतृ तथा पालिका उपाध्यक्ष तारा रिमालले युवाहरुका यस्ता खेलले मित्रता र अनुसासित तथा लगनशिल रहन युवाहरुलाई प्राेत्साहन हुने भन्दै सधै जनताका पक्षमा आफू रहेकाे वताउनु भयाे।

कार्यक्रममा तारकेश्र्वर नेकपा गाउँ कमिटि सचिव साेम तामाङ,युवानेता सुर्य वहादुर तामाङ्ग लगाएतकाे सहभागिता रहेकाे कार्यक्रम क्लवका अध्यक्ष साेमराज तामाङकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे। प्रतियाेगितामा नुवाकाेट र धादिङ गरि १५ क्लब का २० टिमकाे सहभागिता रहेकाे क्लव का सचिव विष्णुकुमार तामाङले वताउनु भयाे।


आईतवार, पुष २६ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार