पिपलटारमा सामुदायिक वनउपभोक्ता समितिकाे नयाँ कार्यसमिति गठन


नुवाकाेट, विदुर नगरपालिका वार्ड न ५ मा रहेकाे गङ्गिपाखा सामुदायिक वन उपभाेक्ता समितिकाे ५ ओेैं साधारणसभा तथा अधिवेशन सम्पन्न भएकाे छ।
जिल्ला वन अधिकृत प्रेम प्रसाद सापकाेटाकाे प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा तथा अधिवेशनले कुल प्रसाद न्याैपानेकाे अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेकाे छ।
समितिकाे उपाध्यक्षमा राधा पाैड्याल गजुरेल, सचिवमा कृतिका अधिकारी, सहसचिव गणेश गजुरेल र काेषाध्यक्षमा मुनिराज गजुरेल निर्वाचित भएका छन्। त्यसैगरि सदस्यहरुमा शिवहरि गजुरेल,कृष्णप्रसाद न्याैपाने, बलराम न्याैपाने र महिला सदस्यमा कमला भट्ट चयन भएका छन्। समितिकाे सल्लाहाकारमा भवनाथ भट्ट र नवराज न्याैपानेलाई चयन गरिएकाे अध्यक्ष कुलप्रसाद न्याैपानेले जानकारि दिनुभएकाे हाे। कार्यक्रममा डिभिजन वन कार्यालयका वन रक्षक मिननाथ गजुरेल लगाएतकाे उपस्थिति रहेकाे थियाे।

अध्यक्ष न्याैपानेका अनुसार पिपलटारमा रहेकाे सुख्खा वन पाखा र डाडाहरुलाई २०४५ सालमा वृक्षाराेपण गरि सुरुवात गरिएकाे थियाे। वन जाेगाउने अभियान अहिले आएर घना जङ्गलमा परिणत भएकाे बताउनुभयाे। स्थानिय उपभोक्ताहरुकाे सुझवुझ र समितिकाे कृयासिलताले वनमा रुखहरु हुर्किएका र वुट्यानहरुले भित्र छिर्नै गार्हाे हुनेगरि फैलिएकाे वनमा असङ् जडिबुटी ,चराचुरुङ्गी ,स्याल ,वाघ लगाएतका वन्यजन्तुहरुकाे वासस्थान समेत रहेकाे याे सामुदायिक वनमा काेईलि,डाँफे,कालिज वनकुखुराहरु समेत प्रसस्त देख्नथालिएकाे स्थानिय भवनाथ भट्टले बताउनुभयाे। १५ हेक्टर जमिनमा फैलिएकाे सामुदायिक वनले हराभरा र वातावरिणय सुन्दरता देखिएकाे छ।


शनिबार, पुष २५ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार