विद्यार्थीकाे मासिक शुल्क छुट गराउनुपर्ने माग गर्दे क्याम्पस प्रमुखको कार्यकक्षमा ताला


नुवाकोट -लकडाउनकाे समयकाे समेत मासिक शुल्क नलिन र छुट गराउनुपर्ने माग सहित सम्पूर्ण विद्यार्थीहरुले आज बट्टार क्याम्पस प्रमुखकाे कार्यकक्षमा ताला लगाएका छन्।नेपाल सकारले जारी गरेको लकडाउनको समयको मासिक शुल्क छुट गराउनुपर्ने माग गर्दे क्याम्पस प्रमुख भोला प्रसाद पाण्डेको कार्यकक्षमा ताला लगाएकाे अनेरास्ववियु नेता प्रदिप कुमार भट्टले जानकारी दिएका हुन् ।

भट्टका अनुसार काेराेनाका कारण अभिभावकहरुमा आर्थिक आयआर्जनमा समस्य परिरहेकाे चपेटामा उल्टै क्याम्पसले विद्यार्थीहरु वाट शुल्क उठाउन खाेज्नु गलत रहेकाे बताउनसभयाे।
विद्यार्थीहरुले लकडाउनको करिव ६ महिना अवधीको शुल्क मिनाहा नगरेसम्म ताला नखोल्ने चेतावनी दिएका छन् ।


शुक्रबार, पुष २४ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार