प्रधानमन्त्री ओलीलाई प्रचण्ड–माधव समूहले नुवाकोटवाट पठायो संविधान पुस्तक


नुवाकोट । संसद विघटनको विरोधमा आन्दोलनरत प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालय नुवाकोट मार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ । प्रमुख जिल्ला अधिकारी झकंनाथ ढकालमार्फत शुक्रबार सो समूहले प्रधानमन्त्री ओलीलाई संविधान पुस्तक पठाएको हो । नेकपा जिल्ला कमिटी नुवाकोटले जुलुससहित जिल्ला प्रशासन कार्यालय विदुरमा पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र र संविधान पुस्तक पठाएको जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले बताउनुभयाे

बागमति प्रदेश कमिटी सचिवालय सदस्य एवं पुर्व सासंद राजेन्द्रप्रकाश लाेहनीले प्रधानमन्त्री ओलीले संविधानमा परिकल्पनानै नगरिएकाे र नलेखिएकाे संसद बिघटनगरि देशलाई अस्थिरतामा पुर्याएका छन् भन्दै संसदलाई चिर्ने र संविधानलाई अपव्याख्या गरि ससंद बिघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नभएकाे बताउनु भयाे।

संघिय सासंद नारायण प्रसाद खतिवडाले संबिधानकाे कुनैपनि धारामा ससंद बिघटन गर्ने अधिकार नभएकाे भन्दै देशकाे प्रधानमन्त्रीले पार्टीको मात्र हैन जनताले दिएका मतलाई नै लत्याउनु भएकाे भन्दै आफ्ना धारणा व्यक्त गर्नुभयाे।

नेपाल कम्युनिष्ट पार्टि नेकपाकाे केन्द्रीय संघर्ष समितिकाे घाेषित कार्यक्रम अन्तर्गत पाैष २६ गते “पाैष ५ काे कदम असंवैधानिक किन? विषयमा बट्टारमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिने कार्यक्रमका संयाेजक युवा नेता उषाकिरण तिमल्सिनाले वताउनुभयाे।


शुक्रबार, पुष २४ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार