रसुवागढी नाका जोड्ने छोटो दूरीको गल्छी त्रिशुली मैलुङ रसुवागढी सडकको स्तरउन्नती कार्य तिब्र रुपमा भैरहेको छ ।


नुवाकोट -राष्ट्रिय गौरबको आयोजनामा सुचिकृत भई प्राथमिकता प्राप्त आयोजनाको स्तरउन्नतीको बिषयमा राष्ट्रिय योजना आयोगले आन्तरिक मुल्याङकन गरेको छ । बिदुरमा अन्तक्रिया कार्यक्रम गर्दै राष्ट्रिय योजना आयोगले नेपाल सरकारको प्राथमितामा परेको योजनामा बजेटको कुनै कमि नहुने जनाएको छ । आयोगका उपाध्यक्ष प्राध्यापक डक्टर पुष्पराज कँडेलले सरकारकै रोजाइृको सडक मार्ग भएकाले मुअब्जाको लागी आबाश्यक रकम निकासा गर्न अर्थ मन्त्रालयमा पहल गर्ने बताउनु भयो । प्रधानमन्त्रि केपि शर्मा वलीकै चासोको बिषयमा रहेको गल्छि सडकमा बजेटको अभाबमा योजना सञ्चालजनमा कठिनाई नहुने बताउनु भयो ।

२०७२ वैशाख १ गतेदेखि निर्माण कार्य सुरु भएको सडकको गत जेठ ६ गते ट्रयाक खोल्ने कार्य सम्पन्न भएको थियो । अहिले यो सडक खण्डमा सवारीसाधन सञ्चालन भइरहेका छन् । राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचना २०७५÷७६ र ०७७÷७८ मा उल्लेख भए अनुसार २०८० भित्र निर्माण तथा स्तरोन्नति हुने उल्लेख छ ।

अन्तक्रिया कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायण प्रसाद खतिवडाले एउटै आमयोजनाको सडकलाई बिभिन्न कित्तामा बिभाजन गरि मुअब्जा सिबबा निकाल्न नहुने बताउनु भयो । गल्छि देखि रसुवागढी सम्मको ८२ किलोमिटरको सडकमा रहेका सबै प्रभाबितलाई राज्यले एकै नासको ब्यबहार गर्नु पर्ने बताउनु भयो । पिपलटारदेखि ढुङगे सम्मको मुअब्जा बिबाद अदालतमा बिचाराधिन रहेता पनी सरकारले अहिले नै मुअब्जा दिने निर्णय गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बिकासमा राजनिति गर्न नहुने बताउनु भयो । बिकास निर्माणको बिषयमा सबै जनप्रतिनिधिको एकै मत भएमा मात्रै योजना कार्यान्वयन र समस्या समाधान गर्न सहज हुने उहाँको भनाइृ छ । गल्छि त्रिशुली रसुवागढी सडकको बिषयमा नुवाकोटका जनप्रतिनिधिहरुको मत बिभाजन भएका कारण समस्या समाधान गर्न नसकिएको उहाँले बताउनु भयाे।

कार्यक्रममा प्रधानमन्त्रि केपि शर्मा वलीको भौतिक पुर्बाधार सल्लाहाकार गजेन्द्र थपलियाले प्रधानमन्त्रिकै चासोको बिषयमा गल्छि त्रिशुली सडक रहेको बताउनु भयो । हाल तिब्र गतिमा स्तरउन्नती भैरहेता पनी काम नभएको योजनाको रुपमा गल्छि सडकलाई हेरिएको बताउनु भयो । गेम चेञ्जर आयोजनाको रुपमा परिभाषित गरि आबाश्य श्रोत र साधन उपलब्धता हुँदा पनी सडक स्तरउन्नतीमा ढिलाई भैरहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जिल्लामा रहेका बिकासे अड्डाहरुको आपसि समझदारी नहुदा बिकास निर्माणमा समस्या रहेको बताउनु भयो । भौतिक बिकासको त्रलममा बन, बिद्युत प्राधिकरण लगायतका कार्यालयहरु ऋबरोधको रुपमा रहेको बताउनु भयो । सामान्य सहजिकरणले नागरिकहरुले सहुलियत पाउने बिषयमा समेत बिकासे अड्डाहरु चुपचाप बस्ने गरेको उहाँको भनाइ रहेकाे छ ।

कार्यक्रममा गल्छि त्रिशुली, मैलुङ रसुवागढी सडक आयोजनाका प्रमुख नारायण दत्त भण्डारीले आयोजनाले ८२ किलो मिटर क्षेत्र भित्र रहेका सबै प्रभाबित नागरिकह्रुलाई एकै नजरले हेरेको बताउनु भयो । सडक स्तरउन्नतीको क्रममा देखिएका ससाना बिबाधहरुलाई न्युनिकरण गर्दै अगाडी बढि रहेको बताउनु भयो । सडक मार्गको दायरा भित्र पर्ने सबै प्रभाबितहरुलाई आयोजनाले मुअब्जा दिने बताउदै प्रकृयागत पमा केहि ढिलाई भएको उहाँले बताउनु भयो ।

सडक स्तरउन्नतीको पछिल्लो कदम उत्शाह जनक भैरहेको कार्यक्रममा सहभागी भएकाहरुले बताएका छन् । रफ्तारमा चलिरहेको कामलाई निरन्तरता दिदै तोकिएकै समयमा आयोजना निर्माण सम्पन्न गर्ने तर्फ आयोजना लम्किएको योजना प्रमुख भण्डारीको भनाइृ छ । पछिल्लो चौमासिक रुपमा लिएको लक्ष्य १ सय प्रतिशत सफलता हाँपसिल गर्दै अगाडी बढिरहेको उहाँले जानकारी दिनु भयो ।

सडक स्तरोन्नतिको काम ७० प्रतिशत सकिएको छ । गल्छीदेखि रसुवागढीसम्मको सडकलाई तीन भागमा वर्गीकरण गरेर काम अघि बढाइएकोमा गल्छीदेखि मैलुङसम्मको ६० प्रतिशत काम सकिएको हो ।

यस्तै स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि बिजुलीको पोल सार्ने काम भइरहेको छ । त्यस्तै सडक क्षेत्रमा पर्ने अस्थायी तथा स्थायी संरचना हटाउने प्रक्रिया अघि बढाइएको छ । योजनाका अनुसार पिपलटारदेखि बेत्रावतीसम्मको सडक खण्डमा काम भएको छैन । अदालतमा मुद्दा परेपछि यो खण्डको काम तीन महिनादेखि रोकिएको छ । बेत्रावतीदेखि नयाँपुलसम्म सडक चौडा गर्ने, वाल लगाउने, नाला र कल्भर्ट बनाउने काम चलिरहेको छ ।

यो सडक बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो रहेकाे छ ।


मंगलवार, पुष २१ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार