बेरोजगार युवाहरुलाई कर्जा दिदै विदुर नगरपालिका


नुवाकोट-विदुर नगरपालिकाले मेयर उधमशिलता विकास कार्यक्रम निर्देशिका-२०७७ र सहुलियतपुर्ण कर्जामा उधम व्यावसायका लागि व्याज अनुदान सम्वन्धि कार्यविधि २०७७ अनुसार विदेशवाट फर्किएका र नगरभित्रका बेराेजगार युवाहरुलाई निवेदनकाे लागि आव्हान गरेकाे छ।
विदुर नगरपालिका भित्रका व्यावसायमा रुचि भएर आर्थिक अवस्थाका कारण व्यावसाय गर्न नसकेका र विदेश वाट सीप सिकेर नेपालमा लगानि गर्न नसकेका युवाहरुलाई प्राथमिकतामा राखेर कार्यक्रम सन्चालन गरिएकाे विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले बताउनु भयाे।
युवाहरुलाई व्यावसायिक विकास र आर्थिक रुपमा वलियाे वनाउने उदेश्यले ५ लाख सम्ममा विनाधिताे २ प्रतिशत व्याजदरमा कर्जा उपलव्ध गराउन नेपाल बैंकसंग सम्झाैता भैसकेकाे बताउदै मेयर पण्डितले १५ लाख सम्मकाे कर्जामा महिला व्यावसायिलाई २ प्रतिशतमा कर्जा उपलव्ध हुने जानकारि दिनुभयाे।

विदेशवाट फर्किएकालाई प्राथमिकतामा राखिएकाे तर नगरभित्रका सवै बेराेजगार युवाहरुले आवेदन दिन सकिने विदुर नगरपालिकाका जनसम्पर्क अधिकृत रामहरि अधिकारिले बताउनु भयाे।


सोमबार, पुष २० २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार