वेलकाेटगढि नगर सङ्गठन कमिटिका सचिव कारवाहिमा,गरियाे पदमुक्त


विदुर, नेपाल कम्युनिष्ट पार्टि (नेकपा) वेलकाेटगढि नगर संगठन कमिटिका सचिव नवराज तिवारि लाई पदमुक्त गरिएकाे छ।
पाैष १८ गते वसेकाे नेकपा जिल्ला कार्यालय सदस्यहरुकाे वैठकले अनुशाशन विपरित कार्य गरेकाे ठहर गर्दै वेलकाेटगढि नगर संगठन कमिटिका सचिव नवराज तिवारिलाई पदमुक्त गर्दै नगर संगठन कमिटिका कार्यालय सदस्य राजु तिमल्सिना लाई सचिव पदमा मनाेनयन गरिएकाे जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले जानकारि दिए।
नेपाल कम्युनिस्ट पार्टि (नेकपा) जिल्ला कार्यालयकाे नीति र निर्णय लाई लत्याउदै अलग्गै भेला आयाेजना गरि पार्टि हित विपरित कार्य गरेकाे ठहर गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे अन्तरिम विधान २०७५ काे धारा ५६काे दफा “क” काे उपदफा ३/५ अनुसार पदमुक्त गरिएकाे अध्यक्ष खतिवडाले वताउनु भयाे।
त्यसैगरि नेपाल कम्युनिस्ट पार्टि (नेकपा) जिल्ला कमिटिकाे सल्लाहाकार कमिटिकाे संयाेजकमा ठाकुर प्रसाद पुडासैनिलाई मनाेनयन गरिएकाे अध्यक्ष खतिवडाले वताउनुभयाे।


आईतवार, पुष १९ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार