विदुर नगर कमिटिकाे वैठक सम्पन्न


विदुर, नेकपा विदुर नगर कमिटिकाे वैठक नुवाकाेट स्थित पार्टी कार्यालय विदुरमा सम्पन्न भएकाे छ।
पार्टि सचिव तथा संघिय संसद माननीय नारायण प्रसाद खतिवडाकाे प्रमुख आतिथ्यतामा सम्पन्न वैठकले प्रतिनिधिसभा विघटनकाे असंवैधानिक कदमका विरुद्ध एकतावद्ध भएर अघि वढ्ने निर्णय समेत गरेकाे छ।
विदुर नगरकमिटिका सम्पुर्ण सदस्यहरु,वडा कमिटिका अध्यक्ष र सचिव लगाएत लाई आमन्त्रण गरिएको थियाे। कार्यक्रममा नेकपा कार्यालय सदस्यहरु बुद्धि वहादुर प्रधान,कल्पना रिजाल ,नगर ईन्चार्ज रामचन्द्र पाैड्याल नगर अध्यक्ष राजकुमार श्रेष्ठ, सचिव सुजन मगराति लगाएतकाे उपस्थिति थियाे।

आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नुवाकोटकाे १२ वटै पालिकामा कमिटिकाे वैठक सम्पन्न भएकाे छ


बिहीबार, पुष १६ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार