नुवाकोटमा विरोध प्रदर्शनको क्रममा प्रहरी दमन


नुवाकोट-सरकारले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक कदम भएको भन्दै नुवाकोटमा आज भएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप र लाठीचार्ज गरेको छ । साँझ ७ बजे नुवाकोट सदरमुकाम विदुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव निकट युवा तथा विद्यार्थी संगठनले मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीले मसाल खोस्दै गरेको लाठिचार्ज तथा कुटपिटबाट एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुमध्ये अधिकांशको हात भाँचिएको छ भने उनीहरुको अहिले स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।

नेकपा का युवानेता तथा राष्ट्रिय युवासंघका नेता उद्धव पनेरुले याे मसाल क्रान्तिकाे विगुल भएकाे वताउदै क्रान्तिका सिपाहि हरुलाई नजिस्काउन चुनाैति दिदै हाम्रा साथिहरु माथि दमनगर्ने प्रहरीकाे हिसावकिताव राखिने वताउदै याे सर्वसत्तावादीकाे अन्त्य नभए सम्म आन्दाेलन नराेकिने वताउनु भयाे।

कार्यक्रममा अनेरास्ववियु नुवाकाेटका संयाेजक विनाेद काेईरालाले अंसवैधानिक कदमका विरुद्ध आफ्नाे एकथाेपा रगत रहुन्जेल लडिरहने वताउनु भयाे।

नेकपा का युवानेता तथा राष्ट्रिय युवासंघका नेता उद्धव पनेरुले याे मसाल क्रान्तिकाे विगुल भएकाे वताउदै क्रान्तिका सिपाहि हरुलाई नजिस्काउन चुनाैति दिदै हाम्रा साथिहरु माथि दमनगर्ने प्रहरीकाे हिसावकिताव राखिने वताउदै याे सर्वसत्तावादीकाे अन्त्य नभए सम्म आन्दाेलन नराेकिने वताउनु भयाे।

शान्तिपुर्ण विरोध प्रदर्शनमा प्रशासनले प्रहरीमार्फत् निर्मम दमन गरेको भन्दै युवा तथा विद्यार्थीहरुले सदरमुकाम क्षेत्रमा सरकार विरुद्ध नाराबाजी गर्दै विरोध जारी राखेका छन् ।
प्रदर्शनपछि स्थानिय प्रशासनले सदरमुकाम र आसपासको क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरी जुनसुकै प्रदर्शन र विरोधलाई निस्तेज पार्ने योजना बनाएको छ ।


सोमबार, पुष १३ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार