गणतन्त्रका नायक हामी हाै,बयलगाढा हाेईन-नेता भुषाल


नुवाकाेट-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे अगुवा कार्यकर्ताहरुकाे उपस्थितिमा आज जिल्ला भेला सम्पन्न भएकाे छ।
आइतवार विदुर स्थित बट्टारमा भएको नेकपा नुवाकोटको जिल्ला भेलामा नेकपा स्थायि कमिटि सदस्य तथा राष्ट्रिय सभा सदस्य डा.वेदुराम भुषालले ओलि सरकार ईतिहासकै मजाक सरकार भएकाे बताउनु भयाे। उहाँले भद्वा र मजाक व्यवहारले केही दिन सरकार टिक्ला तर ओलिकाे राजनितिमा अप्ठ्यारो पर्ने निश्चित रहेकाे जानकारी दिदै जनताले सवैकुरा राम्रै बुझेका छन् । छलकपट र झुटले देश र राजनीति सधै चल्दैन भन्दै जित सत्यकै हुने बताउनु भयाे।

त्यसैगरि विशेष अतिथि प्रदेश सह-ईन्चार्ज तथा क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य माननीय हित वहादुर तामाङ्गले अदालत र न्याय माथि विश्वास छ। हामी सत्यकाे पक्षमा आसावादि छाै। पार्टि र चुनाव चिन्ह हाम्रै पक्षमा आउने नै छ भन्दै निरन्तर पार्टि सङ्गठन र पार्टि निर्माणमा लाग्न आम कार्यकर्ताहरु लाई आग्रह गर्नुभयाे।

नेकपा केन्द्रीय सदस्य विमला सुवेदिले महिला राष्ट्रपति हुदा जुन व्यवहार र अवस्था आयाे त्यहि कारण महिला भन्ननि लाज मर्नुभयाे भन्दै राष्ट्रपतिले असंवैधानिक कुरामा सहयाेग गरेर पदकाे दुरुपयाेग गरेकाे बताउनु भयाे।

कार्यक्रममा प्रदेश सचिवालय सदस्य तथा पुर्व संसद राजेन्द्र प्रकाश लाेहनीले पार्टि विधि र सिद्धान्तले चल्नु पर्नेमा व्यक्तिले मनाेमानि गर्दा याे अवस्थामा आएकाे बताउदै नुवाकाेटमा काेहि विचलित नभई पार्टिमा सक्रिय हुन आग्रह समेत गर्नुभयाे।

कार्यक्रममा प्रदेश सदस्यहरु, कार्यालय सदस्यहरुले मन्तव्य राखेका थिए। पार्टि अध्यक्ष हिरानाथ खतिवडाकाे अध्यक्षता तथा सचिव नारायण प्रसाद खतिवडाले सन्चालन गरेकाे कार्यक्रममा जिल्ला कमिटिका १६० जना सदस्यहरु मध्ये २६ जना बाहेकका सबै जिल्ला कमिटि सदस्यहरू सहभागि भएका छन् भने त्यसमा पनि केही सदस्यहरु कार्य व्यस्थताले उपस्थिति हुन नसकेकाे जनाईएकाे थियाे।

नुवाकोट नेकपाको १ सय ६० जना जिल्ला सदस्यमा १ सय ३४ जना आइतवार सहभागि भएर प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदमको बिरोध गरेका छन् । त्यसैगरि नेकपाले जितेका विदुर नगरपालिकाका मेयर ,उपमेयर ,तारकेश्वर गाउँ पालिकाका अध्यक्ष ,उपाध्यक्ष ,ककनि गाउँ पालिकाका अध्यक्ष,उपाध्यक्ष पन्चकन्या गाउँ पालिकाका अध्यक्ष,लिखु गाउँ पालिकाकाका उपाध्यक्ष र वेलकाेटगढि नगरपालिकाका उपमेयर समेतकाे भेलामा सहभागिता रहेकाे थियाे।

नेकपा नुवाकोटका सचिव नारायणप्रसाद खतिवडाले दिएको जानकारी अनुसार नुवाकोटको सबै स्थानीय तहमा पुस १६ गते कार्यक्रम र कार्यकर्ता भेलाको आयोजना गरिएको छ। त्यसको नेतृत्व र ब्यवस्थापनका लागि नेकपा बाग्मती प्रदेशका १२ जना सदस्यहरूलाई तोकिएको छ
। यस्तै,नुवाकोट जिल्लामा नेकपाबाट निर्वाचित वडा अध्यक्षहरूमा ३५ जनाभन्दा बढीले आइतवारको जिल्ला भेला कार्यक्रममा सहभागिता जनाएका छन् ।
८८ वटा वडा रहेको नुवाकोटमा ५१ वटा वडामा नेकपाले अध्यक्ष जितेको छ। प्रधानमन्त्री ओली पक्षमा बढिमा १५ जना वडा अध्यक्षहरू रहेको अनुमान गरिएको छ।


आईतवार, पुष १२ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार