ग्लाेवल सहकारीकाे साधारणसभा सम्पन्न


नुवाकोट -विदुर ४ बट्टारमा रहेको ग्लोवल उपभोक्ता सहकारी संस्थालिमिटेडको नवौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले आगामी तिन वर्षका लागि सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा पवन नेपाल, विष्णुहरी अर्याल र देवनारायण चित्रकारलाई चयन गरेको छ । समितिका सदस्यहरुमा सुदर्शनमान दुवाल, रघुनाथ रिमाल, उसनमान श्रेष्ठ, सर्जु श्रेष्ठ र राजकुमार श्रेष्ठलाई चयन गरेको छ ।

यस्तै, अधिबेशनवाट सरोज डंगोलको संयोजकत्वमा शर्मिला डंगोल र भवानी भट्ट सदस्य रहेको लेखा तथा सुपरिवेक्षण समिति चयन गरेको निर्वाचन अधिकृत शिशिरकुमार लामिछानेले जानकारी दिए ।

साधारणसभाको उद्घाटन संस्थाका ज्येष्ठ सदस्य हरिकृष्ण श्रेष्ठले गर्नुभएको थियो । साधारणसभा उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष विष्णुप्रसाद रिमालले वार्षिक प्रतिवेदन तथा भावी योजना, कोषाध्यक्ष देवनारायण चित्रकारले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गजेन्द्र खड्काले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थामा हाल १ हजार ५ सय ८० जना सेयर सदस्यको १ करोड २४ लाख ३५ हजार नौ सय रुपैयाँ सेयरपुँजी रहेको प्रतिवेदनमा जनाईएको छ । संस्थाले गत आवमा ९ लाख ११ हजार २ सय ४१ रुपैयाँ नाफा आर्जन गरेको कोषाध्यक्ष चित्रकारको प्रतिवेदनमा जनाईएको छ । साधारणसभामा संस्थाका सदस्य सुदर्शनमान दुवाल, पुरुषोत्तम सापकोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।


शनिबार, पुष ११ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार