नेकपा नुवाकाेटका अधिकांस नेताहरु माधव र प्रचण्ड तिर,काे काे छन् त?


विदुर, नुवाकाेटमा पनि केन्द्रीय राजनितिककाे प्रभाव परेकाे छ। नेकपाकाे विभाजनकाे शृङ्खला जिल्ला स्तरमा पनि देखिन थालेकाे छ। नुवाकाेटमा आज नेकपा नुवाकोटको कार्यालय वैठक र सचिवालय वैठककाे उपस्थितिले प्रचण्ड र माधव टिम बलियाे रहेकाे देखाएकाे छ।

नुवाकाेट नेकपाका अध्यक्ष हिरानाथ खतिवडा सहित ६ सदस्य कार्यालय टिम प्रचण्ड माधव टिममा देखिएका छन् भने संघिय संसद तथा पार्टि सचिव नारायण प्रसाद खतिवडा,बुद्धि वहादुर प्रधान ,विष्णु लाेहनि ,धर्म अधिकारी र कल्पना रिजाल देखिएका छन्।

प्रदेस संसद वद्रि मैनालि मात्रै वलि टिममा देखिएका छन्।त्यसै गरि नेकपाकाे जिल्ला कमिटिकाे ६३ सचिवालय सदस्यहरु मध्य आज ५३ सदस्यीय सचिवालय सदस्य वैठकमा उपस्थित भएर हस्ताक्षर गरेका छन्।

त्यसैगरि अधिकांस जनप्रतिनिधिहरु पनि यसै समुहतिर लागेका छन्। संघिय संसद हित वहादुर तामाङ र नारायण प्रसाद खतिवडा, प्रदेश संसद तथा उपसभामुख राधिका तामाङ, प्रदेश संसद तथा पार्टि अध्यक्ष हिरानाथ खतिवडा लगाएत निर्वाचित जनप्रतिनिधिहरु विदुर नगरपालिकाका मेयर सन्जु पण्डित,उपमेयर गिता कुमारि दाहाल लगाएत एक वडा वाहेक सवै वडा अध्यक्षहरु साेहि टिममा छन्।

त्यसैगरि तारकेश्र्वर गाउँ पालिकाका प्रमुख रमेश ओस्ती, उपाध्यक्ष, तारादेवि रिमाल लगाएत सवै वडा अध्यक्षहरु, पन्चकन्या गाउँपालिकाका प्रमुख तेजबहादुर तामाङ रमेश, ककनि गाउँ पालिकाका प्रमुख मानबहादुर तामाङ ,उपाध्यक्ष सीता खतिवडा, उपप्रमुखहरु,वेलकाेटगढि न पा कि उपमेयर कबिता ढुङ्गाना लगाएतका जनप्रतिनिधिहरु प्रचण्ड माधव टिममा खुलेका छन्।
वैठकले असंवैधानिक कदमकाे विरुद्धमा आन्दाेलनमा हाेमिएकाे प्रचण्ड माधव समुहले पाैष १२ गते जिल्ला स्तरिय कार्यकर्ता भेला गर्ने निर्णय समेत गरेकाे छ।


शुक्रबार, पुष १० २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार