अनेरास्ववियु नुवाकाेटकाे विराेध प्रदर्शन


नुवाकोट -प्रधानमन्त्री के पि शर्मा ओलिले गर्नुभएकाे संसद विघठनका विरुद्धमा आज विदुरमा अनेरास्ववियुले विराेध प्रदर्शन गरेकाे छ।
संसद विघठनकाे असम्वैधानिक कदमका विरुद्द सङ्घर्षरत विद्यार्थी संगठनहरुकाे विराेध प्रदर्शन अन्तर्गत नुवाकाेटमा पनि विराेध प्रदर्शन गरिएकाे अनेरास्वियुका नेता ओम प्रकाश श्रेष्ठले बताउनु भएकाे छ।

प्रदर्शन विदुर स्थित नेकपा कार्यालय बाट सुरु भई विदुर चाेक , लाेकतान्त्रिक चाेक हुँदै पुन नेकपा पार्टि कार्यालयमा आएर सकिएकाे थियाे।

कार्यक्रममा अनेरास्ववियु का केन्द्रीय सदस्य प्रदिप कट्टेल र नुवाकाेटका सहसंयाेजक विनाेद काेईरालाले धारणा राखेका थिए।

अनेरास्ववियुकाे बिराेध नारा

संसद बिघठनकाे विरुद्ध प्रदर्शन गर्दै असम्वैधानिक कदम गलत भएकाे भन्दै नारा लगाएका थिए।


शुक्रबार, पुष १० २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार