प्रधानमन्त्री काे असम्वैधानिक कदम विरुद्ध नुवाकाेटमा प्रदर्शन


विदुर- नुवाकाेटकाे सदुरमुकाम विदुरमा आज सरकारले ल्याएकाे संसद विघठनकाे असम्वैधानिक कदमकाे विरुद्ध प्रदर्शन भएकाे छ।
नेपाल कम्युनिष्ट पार्टि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलिले आजै संसद विघठनकाे प्रस्ताव राष्ट्रपतिलाई सिफारिस गर्नुभएकाे थियाे। उक्त प्रस्तावकाे विराेधमा नेकपा नुवाकाेटकाे कार्यालय विदुर वाट विराेध र्याली विदुर चाेक हुँदै लाेकतान्त्रिक चाैताराेमा पुगेर काेणसभामा परिणत भएकाे युवा नेता उद्वव पनेरुले जानकारी दिनुभयाे।

कार्यक्रममा नेकपाका युवा नेता बुद्धि वहादुर प्रधानले जनताले दिएकाे दुईतिहाई मतलाई प्रधानमन्त्रीले अपमान गर्दै संसद विघठन गर्नु दुर्भाग्य रहेकाे जानकारी दिदै जनताले अब हरेक गतिविधिलाई समीक्षा गर्ने बताउनु भयाे। कार्यक्रममा जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले प्रधानमन्त्रीकाे तानाशाहि प्रवृति र अहमताले देश बर्वादिमा धकलिएकाे बताउदै यस्काे सशक्त प्रतिकार गर्नुपर्ने बताउनु भयाे।

त्यसैगरि कार्यक्रमा नेकपाका केन्द्रीय सदस्य विमला सुवेदीले जनताकाे याे दुईतिहाई मतकाे अपमान गर्ने के पि ओलिलाई कम्युनिष्ट कार्यकर्ताकाे आँसु लाग्ने बताउनुभयाे।
उहाँले “साच्चै हामी कम्युनिष्टहरुले पाएकाे याे जनादेश समृद्ध मुलुक निर्माणकाे लागि हुनुपर्नेमा अहमता र असक्षम प्रधानमन्त्री ओलिकाे कारण बिघठनमा पुग्नु दुर्भाग्य रहेकाे छ । सवै आम कार्यकर्ता असम्वैधानिक कदमकाे विरुद्ध लाग्न आग्रह गर्दछु”।

कार्यक्रममा सयाै युवा विद्यार्थी तथा कार्यकर्ताकाे उपस्थित रहेकाे कार्यक्रममा असम्वैधानिक कदमकाे खारेजि तथा विराेधमा नारा लगाएका थिए।

कार्यक्रम रमा विदुर नगरपालिका प्रमुख सन्जु पण्डित, उपप्रमुख गिता दाहाल,तारकेश्र्वर गाउँ पालिका अध्यक्ष रमेश वस्ति विदुर नपा १ वडा अध्यक्ष लेनिन रन्जित,विदुर ४ का वडा अध्यक्ष टलकमान श्रेष्ठ,विदुर ६ का वडा अध्यक्ष राजु सडाैला, विदुर ९ का अध्यक्ष शनि चित्रकार र विदुर १२ का अध्यक्ष सिताराम अर्याल लगाएतका सहभागीतामा कार्यक्रम सम्पन्न भएकाे थियाे।


आईतवार, पुष ५ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार