काठमाडौंमा कुनै भेला र छलफल छैन अध्यक्ष खतिवडा


नुवाकोट -नेपाल कम्युनिस्ट पार्टी नेकपा नुवाकाेटले कुनै भेला र छफफलकाे कार्यक्रम नभएकाे जनाएकाे छ।
काठमाडौंमा यहि पाैष ६ गते पार्टि प्यालेसमा भेला भनी सामाजिक सन्जालमा जिम्मेवार व्यक्तिहरुले गरिरहेकाे प्रचारलाई गलत भन्दै नुवाकाेट नेकपाका अध्यक्ष हिरानाथ खतिवडाले आवश्यक पर्दा नुवाकाेटमै भेला र छलफल चलाउन सकिने भन्दै काठमाडौंकाे भेला भनेर आईरहेका सवै कुराहरु गलत रहेकाे जनाएका छन्।

कमिटि र सङ्गठनका विषयहरु सहमति र आवश्यक्ताका अनुसार छलफल र भेला यहि नुवाकाेटमा निकट समयमै हुन सक्छ,पार्टि वलियाे र एकताकाे पक्षमालाग्ने दवाव हामिसवैले दिन सक्छाै तर केही व्यक्ति र गुट वनाउने मनासयले डाकिएका ओैचित्यहिन यस्ता कार्यक्रमकाे कुनै अर्थ नभएकाे भन्दै सवै सुभेच्छुक,आम कार्यकर्ताहरुमा झुटकाे पछाडि नलाग्न पनि अपिल गरेका छन्।


आईतवार, पुष ५ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार