गुर्जेका ट्राफिक प्रहरीले भेटिएका बालक अभिभावकलाई बुझाए


नुवाकोट – अस्थाई ट्राफिक प्रहरी पाेष्ट गुर्जेले आफ्नाे घर भुलेर हराएका बालक लाई फेलापारि आज सम्बन्धित अभिभावकलाई बुझाएको छ। साेलुखुम्बु घर भई हाल टाेखा नगरपालिका-३ स्थित बानियाटारमा बस्दै आईरहेका समीर तामाङकाे ९ बर्षिय छाेरा भिम तामाङ एक हप्तादेखि हराईरहेका थिए। आफ्नाे घरकाे बाटाे भलेका बालक तामाङ् बुधबार गुर्जे आईपुगेकाे अस्थायी ट्राफिक प्रहरी पाेष्टका ट्राफिक जवान जिवलाल भुसालले जानकारी दिनभएकाे छ । भुसालका अनुसार बेवारिसेपारामा एक्लै बालक देखेपछि आफुले साेधपुछ गर्दा बालकले आफ्नाे घर र आफू बस्ने स्थान भुलेर उहाँ आईपुगेकाे जानकारी प्राप्त हुदाँसाथ बिभिन्न माध्यमवाट बालककाे खाेजि उद्वारकालागि गुर्जेमा सम्पर्क गर्न आग्रह र सुचना दिए प्रश्चात आज बालकलाई उस्काे अभिभावक लाई बुझाएकाे बताउनुभयाे।


शुक्रबार, मंसिर १९ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार