तादी गाउँपालिका द्वारा उद्यमि कर्जाका लागि व्याज अनुदानमा हस्ताक्षर


नुवाकोट, नुवाकोटको तादी गाउँपालिकामा उद्यमि व्यवसायीहरुका लागि उद्यमशिल कर्जाका लागि व्याज अनुदान सम्बन्धि कृषि विकास बैंक खरानीटार शाखा र नुवाकोट उधोग वाणिज्य संघ विच आज गाउँपालिका द्धारा हस्ताक्षर गरीएको छ ।
गाउँपालिकाले कृषि विकास बैंक र नुवाकोट उद्योग वाणिज्यसंघ संग उद्यमीहरुका लागि शौलियतपूर्ण कर्जाको व्याज अनुदान सम्बन्धि एकिकृत कार्यायविधि तेश्रो शंशोधन २०७७ बमोजिम आफनो् गाउँपालिकाको सिफारिसमा लगानि गर्ने तथा बैंकद्धारा लगानी गरिएका उद्यमिलाई गाउँपालिका र उद्योग वाणिज्य संघले प्राविधिक सहयोग गर्नेगरी आज सम्झौतामा हस्ताक्षर गरिएको तादी गाउँपालिकाका प्रमुख नारायण पाण्डेले जानकारी दिनुभएको छ । उहाँका अनुसार व्यवसायिक कृषि तथा पशुपंक्षि कर्जामा पाँच करोड रुपैयाँ सम्म हुने, शिक्षित युवास्वरोजगार कर्जामा सात लाख रुपैयाँ सम्म हुने छ भने, विदेश वाट फर्किएका युवा स्वरोजगार कर्जा दश लाख रुपैयाँ सम्म, महिला उद्यमशिल कर्जा पन्ध्र लाख रुपैयाा सम्म, दलित समुदाय व्यवसाय विकास कर्जा दश लाख रुपैयाँ सम्म, उच्च र प्राविधिक तथा व्यवसायिक कर्जा पाँच लाख रुपैयाँ सम्म र भुकम्प पीडितहरुको निजी आवाश निर्माण कर्जा तिन लाख रुपैयाँ सम्म लिन सकिने बताउनुभयो । व्यवसायिले ३ देखि ४ प्रतिशत सम्म व्याज तिर्नुपर्ने छ भने ५ देखि ६ प्रतिशत सम्म व्याज नेपाल सरकार ले तिरिदिने छ । हाल नेपालका वाणिज्य वैंकको व्याजदर ८ देखि १० प्रतिशतको विचमा रहेको छ । गाउँपालिका प्रमुख पाण्डे भन्नु हुन्छ ‘उद्यमशिल कर्जाका लागि व्याज अनुदानको सम्झौताको समयअवधि भने नेपाल राष्ट्र बैंकवाट व्याज अनुदान कार्याविधिको कार्यान्वयन गरे सम्मका लागि हुने छ भने उद्यमीका लागि कर्जा भुक्तानि समयअवधी ५ वर्षको हुने छ’ । उहाँले यद्यमि व्यवसाय गर्नाले अर्थतन्त्रमा समेत विकास सृर्जना हुने लक्ष्य रहेको बताउनुभयो ।
सम्झौता कार्याक्रममा गाउँपालिका प्रमुख पाण्डे, नुवाकोट उद्योग वाणिज्य सघंका अध्यक्ष ताराबहादुर कार्की, कृषि विकास बैंक खरानीटार शाखा प्रवन्धक राजु मिजार द्धारा हस्ताक्षर गरीएको छ ।


बिहीबार, मंसिर १८ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार