“नुवाकाेटका जनतालाई अब अस्पतार र उपचारकाे अभाव हुदैन”सांसद मैनाली


नुवाकोट । नुवाकाेटका जनताले अस्पताल र उपचार नपाएर अकाल्मा आफ्नाे ज्यान गुमाउन नपर्ने गाउँमै उपचार पाउने दावी गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटका नेता एवं बागमती प्रदेशका सांसद बद्री मैनालीले आफ्नाे धारणा व्यक्त गरेका छन्।
सोमबार ककनी गाउँपालिकामा ककनी अस्पतालको शिलान्यास कार्यक्रममा सांसद मैनालीले विकासको पूर्व आधार स्वास्थ्य, शिक्षा र सडकमा सरकारले धेरै काम गरिरहेको दाबी गर्नुभयो । उहाँले अब कोही पनि नागरिक स्वास्थ्य सेवाको पहुँच बाहिर रहनु नपर्ने भन्दै वर्तमान केपी ओली नेतृत्वको सरकारले कसैलाई भोकै बस्न नदिने कसैलाई पनि उपचारबिहीन हुन नदिने बताउनुभयो । उहाँले विगतमा कांग्रेसीहरूले स्वास्थ्य चौकीमा कार्यरत अहेवलाइ समेत काजमा तानेर काठमाडौँमा नेताको चाकरीमा लगाउने गरेको भन्दै अहिले नेकपाको सरकारले गाउँगाउँमा चिकित्सक र स्वास्थ्यकर्मी पठाएको बताउनुभयो ।

अस्पतालको शिलान्यास संघीय सांसद हितबहादुर तामाङ र सांसद मैनालीले संयुक्त रूपमा गर्नुभएको थियो । सो अवसरमा पाँच बेडको अस्थायी अस्पतालको उद्घाटन समेत गरिएको थियो ।


मंगलवार, मंसिर १६ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार