विदुर नगरपालिकका मेयर पण्डितकाे पहलमा शुभघाटमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको निर्णय


नुवाकाेट- नुवाकोटको विदुर नगरपालिकाकाे पहलमा औद्योगिक ग्राम स्थापना हुने भएकाे छ। विदुर नगरपालिका सहित देशका १२ स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने नेपाल सरकारले निर्णय गरेको विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले जानकारी दिनुभयाे। उहाँले विदुर नगरपालिका-१० स्थित शुभघाटकाे कित्ता नम्बर १ सय ८७ रोपनी सरकारी जग्गामा औद्योगिक ग्राम स्थापनाकाे लागि जारी गरिने पण्डितले जानकारी दिनुभयो ।
मेयर पण्डित भन्नू हुन्छ “हाम्राे यस विदुर नगरपालिका-१० स्थित शुभघाट,ईन्द्रेणिघाट र विदुर नगरपालिका-५ स्थित पिपलटार गरी ३ स्थानकाे ट्रेस,ब्लुप्रिन्ट लगाएतका डकुमेन्टहरु बनाई उधाेग मन्त्रालयमा २०७५ साल मंसिर महिनामा प्रस्ताव पेश गरेपछि मन्त्रालयकाे टाेलि माघ महिनामा फिल्ड भिजिटमा आई तीन वटै क्षेत्रकाे स्थलगत अनुगमन गरेका थिए”। मेयर पण्डितले विदुर नगरपालिकाकाे अगुवाईमा विदुर भित्रका ३ क्षेत्रहरुकाे शुभघाटमा औद्योगिक ग्राम ,ईन्द्रेणिचाैरमा पाेष्टवहादुर बहु प्राविधिक शिक्षालय र पिपलटारमा एस ई जेट सेज जाेन बनाउने प्रस्ताव मध्य २ वटा कार्यान्वयनमा आईसकेकाे र एस ई जेटकाे प्रकृया अगाडि बढिरहेकाे उहाँले बताउनुभयाे ।
मेयर पण्डितका अनुसार विदुर नगरकार्यापालिकाकाे निर्णय संगै संघिय सांसद नारायण प्रसाद खतिवडाकाे निरन्तर प्रयासले उधाेग मन्त्रालयले विदुर नगरपालिका भित्रकाे शुभघाटमा रहेकाे १८७ राेपनि जग्गामध्ये बाट सुकुम्बासी आयाेगकाे नाममा गएर बाकि रहेकाे १६३ राेपनि मघ्य ४७ राेपनि जग्गामा आ‌ैधाेगिक ग्राम बन्ने उहाँले बताउनुभयाे।

त्यस्तै,उधाेग मन्त्रालयकाे निर्णय संगै त्यस क्षेत्रमा जग्गा सम्माउने,कम्पाउण्ड लगाउने तथा डिपिआर बनाउनकाे लागि रु १ कराेड वजेट समेत बिनियाेजन भएकाे विदुर नगरपालिकाका जनसम्पर्क अधिकृत रामहरि अधिकारिले जानकारी दिभयाे।


शनिबार, मंसिर १३ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार