विदुर नगरपालिकाकाे याेजनामा मुहार फेर्दै त्रिशुली बजार


विदुर- नुवाकोटको पुरानाे तथा ऐतिहासिक साघु अर्थात त्रिशुलि बजारकाे मुहार फेरिएकाे छ।
नुवाकाेटकाे सवैभन्दा पुरानाे बजारकाे रुपमा रहेकाे त्रिशुली बजार व्यापारिक तथा ऐतिहासिक रुपमा प्रख्यात रहेकाे छ।प्राचीन समय देखिकै रसुवा, नुवाकाेट तथा धादिङ् लगाएत गाेरखा, लमजुङ्ग सम्मैकाे व्यापारिक वाटाेकाे रुपमा परिचित त्रिशुली बजारले राजधानि काठमाडौंसंग जाेडिने पुलकाे काम समेत गरेकाे थियाे।

भाैगाेलिक रुपमा त्रिशुली नदिकाे किनारमा रहेकाे याे बजारकाे आधुनिक बजार वाहिरि राजमार्गमा फैलिएकाे भएपनि पुरानाे तथा ऐतिहासिक बजार अहिलेकाे पुरानाे बजारलाई अझै व्यवस्थित र कलात्मक बनाउन विदुर नगरपालिकाले अग्रसरता लिएकाे छ।

विदुर नगरपालिकाकाे आर्थिक सहयाेगमा पुरानाे बजार भित्रका सडकहरुमा कलात्मक ढुङ्गा विछ्याउने काम अन्तिम चरणमा पुगेकाे स्थानिय समाजसेवी तथा त्रिशुलि सामाजिक क्लवका सचिव प्रज्वल सापकाेटाले वताए। विदुर नगरपालिकाले बजार क्षेत्रकाे सडकलाई स्तरउन्नति,उकालाे वाटाेहरुमा ढलान तथा भित्री बजारलाई ढुङ्गा बिछ्याउनुका साथै व्यवस्थित बसपार्क र सुन्दरपार्क बनाउन नगरपालिकाले लगानि गरिसकेकाे विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले बताए।


शुक्रबार, मंसिर १२ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार