भाइटीका सम्पन्न


हिन्दुहरुकाे महानपर्व तिहारकाे अन्तिम दिन आज भाईटिका लगाउदै सम्पन्न भएकाे छ। हिन्दुधर्मावलम्वि हरुकाे चाड दशै र तिहार लाई देशभरि हर्साेउल्लासका साथ मनाउने प्रचलन रहिआएकाे छ।

दशै लगत्तै रङ्गिचङ्गि पर्वकाे रुपमा मनाउदै आएकाे तिहार पर्व दिदीबहिनीहरु र दाजुभाईहरु विचकाे समधुर सम्बन्ध प्रगाढ वनाउने एउटा पर्वकाे रुपमा हेरिन्छ।किंवदन्ती अनुसार दिदिवहिनिहरुकाे आशीर्वाद र आग्रहलाई यमराजले मानेर मृत्युलाई नै क्षमादिने चलन चलिआएकाे छ।

काेभिड १९ महामारिकाे कारण हरेक वर्षहरुमा जस्तै याे वर्ष त्यति रमझम र चहलपहल नभएपनि सास्कृतिक पर्वलाई उत्साहसाथ सम्पन्न गरिएकाे छ।

आज विशेष गरि आफ्ना दिदीबहिनीहरुले दाजुभाइकाे लामाे आयू र चिताएका हरेक कामकाे सफलताका लागि भगवानसंग प्राथना गर्दै पुजा आजा गरि मनाईने गरिन्छ।

दिदीबहिनीहरुले दाजुभाईलाई यमराजवाट बचाउन दहिलाेमा ओखर फाेर्दै यमराजकाे बाटाे छेक्ने बिश्वास समेत हिन्दुधर्ममा रहेकाे छ।


सोमबार, मंसिर १ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार