जबर जगं गणका नेपाली सेनाले एकीकरण पदमार्गलाई निरन्तरता दिने


नुवाकाेट-नेपाल एकीकरणको इतिहाससँंग जोडिएका पुराना ईतिहासका गढी र किल्लाहरूको संरक्षण तथा सम्बद्र्धन गर्न नुवाकाेटमा रहेकाे नेपाली सेनाकाे जबर जंग गणले ‘एकीकरण पदमार्ग’ लाई निरन्तरता दिनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ।पृथ्वीनारायण शाहले नेपालको राष्ट्रिय एकीकरणका क्रममा निर्माण भएका किल्ला तथा त्यसअघिका बाइसे, चौबीसे राजा रजौटाका दरबारहरूको संरक्षण गर्न एकीकरण पदमार्ग निर्माण गरिएको कुराहरुलाई अन्तरक्रियामा सहभागिहरुले स्मरण गर्दै एकीकरणकाे महत्वका बिषयमा छलफल समेत भएकाे थियाे।

अन्तरक्रिया कार्यक्रममा आफ्ना भनाई राख्दै प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले पृथ्बीनारायाण शाहले नेपालको बाईसे-चौबिसे राजा रजौटाहरुलाई गोर्खा राज्यको बिस्तारमा गाभ्दै बृहत्तर देश, जुन पछि नेपाल देशको रुपमा कहलिन पुगाे, उहाँले नेपाललाई बनाउन थालनी नगरेको भए अहिले हामी नेपाली भनेर विश्वमा चिनिने थियाै हाेला त? भन्दै प्रश्न गर्नुभयाे। प्रतिनिधि सभा सदस्य खतिवडा भन्नू हुन्छ “नेपाल एकीकरणको उद्देश्य लिएर राज्य विस्तारमा लागेका पृथ्वीनारायण शाहले विसं १८०१ आश्विन १५ गते नुवाकोट विजय गरेर उपत्यका प्रवेशको बाटो खोलेका थिए। उनले त्यसपछि क्रमश: काठमाण्डू खाल्डोमा रहेका मल्ल राजाहरूद्वारा शासित तीनवटा राज्यलाई आफ्नो राज्यमा मिलाउन सफलता पाए। त्यसअघि उनले आफ्नो ससुराली राज्य मकवानपुरलाई समेत आफ्नो राज्यमा मिलाइसकेका भन्ने ईतिहासमा पढ्न पाईन्छ”। उहाँले फेरि भन्नू हुन्छ”पुराना ईतिहासकाे कला, संस्कृतिहरुकाे जर्गेना र उत्थानलाई नेपाली सेनाले मात्र थेगिरहेकाे देखिन्छ। देश संघीयतामा गएकाे छ भन्दैमा पुराना ऐतिहासिकता बाेकेका बिषयहरुलाई मेट्न पर्छ भन्ने उदेश्य कुनैपनि नीति र नियममा लेखिएकाे छैन”। त्यसकारण पनि राजाका पाला देखिका माैलिकता झल्कने ईतिहासलाई जाेगाउन आफ्नाे तर्फबाट र सरकारवाट हुने सहयाेगका लागि पहल गर्ने प्रतिवद्वता समते व्यक्त गर्नुभएकाे छ।

त्यस्तै,नेपाली सेनाको नम्वर-६ बाहिनीका बाहिनीपति सहायक रथी सुनील श्रेष्ठ भन्नू हुन्छ “नेपाल एकीकरणका लागि तत्कालीन राजा पृथ्वीनारायण शाहले ससाना राज्यहरूलाई आक्रमण गरि एकीकरणकाे थालनि गरेका थिए”। सहायक रथी श्रेष्ठका अनुसार एकीकरणकाे थालनि हुदाँ नेपाली सेनाले नेपाल एकिकरण अभियानमा थुप्रै लडाईं लड्यो जसको फलस्वरूप सिंगो र एकिकृत नेपाल नेपालीले पाउन सके साथै सेनाले नेपाल एकिकरण अभियानका लडाईंहरूबाट पनि अनुभव अनुशासन तथा रणकौसलता सिक्दै गयो। एकीकरण अभियानका सुरुवात कर्ता गोर्खाका राजा पृथ्वीनारायण शाह नै हुन् जस्लाई हामी नेपालीले कहिलै भुल्न नहुने बताउनु भयाे।

नुवाकाेट स्थित नेपाली सेनाकाे जबर जंग गणका गणपति उदय बहादुर लामिछानेले गत वर्ष देखि सुरु गरिएकाे एकीकरण पदमार्ग अभियानलाई निरन्तरता दिने उदेश्यका साथ अन्तरक्रिया कार्यक्रम गरिएकाे जानकारी दिनुभएकाे छ। पृथ्वीनारायण शाहले गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंसम्म यात्रा गरेको मार्गलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा परिचित गराउन तामझामका साथ मनाउनु पर्ने गणपति लामिछानेले जानकारी दिनुभयाे। उहाँका अनुसार एकीकरण पदमार्ग पुष २० गते गोरखा दरबारबाट सुरुभई हुने दीपज्योती धादिङको बोर्लाङघाटमा देबिदत्त गणलाई हस्तान्तरण गरिने जानकारी समेत दिनुभयाे। गणपति लामिछाने भन्नू हुन्छ “एकीकरण पदमार्ग धादिङको टोलीले सल्यानटार,चरंगे, कटुञ्जे हुँदै पुष २३ गते नुवाकोट र धादिङको सीमामा हाम्राे यश जबर जंग गणलाई हस्तान्तरण गर्ने छ भने जबरजंग गणले सामरी, कागुने, देउडी, कल्याणपुर, बाघटार, खिञ्चेत हुँदै शुभघाटमा रात्री बिश्राम गरेपछि भोलिपल्ट गेर्खुटार, क्यौरिनी चौतारा, नुवाकोट दरबार,धरमपानी, शेराफाँट हुँदै चतुराले पुग्ने छ” । पुष २६ गते जबर जंग गणका सेनाको टोलीले चतुरालेबाट रानिपौवा हुँदै नुवाकोट र काठमाडौंको सीमामा काठमाडौंको शमशेरदल गणलाई दीपज्योती हस्तान्तरण गर्ने र शमशेरदल गणले पदयात्रा सहित हनुमानढोकामा दीपज्योती दिएपछि एकीकरण पदयात्राकाे समापन हुने उहाँले जानकारी दिनुभएकाे हाे।

गतवर्ष जबर जगं गणका गणपति उदय बहादुर लामिछाने सहित नेपाली सेनाकाे पदमार्ग

एकीकरण पदमार्ग अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तमाङ, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, धादिङको धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख तुलबहादुर कार्की,सशस्त्र प्रहरीबलका प्रहरी प्रमुख, नुवाकाेट अनुसन्धान कार्यलयका प्रमुख,नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) नुवाकोटका नेता बुद्धि प्रधान, नेपाली काँग्रेस नुवाकोटका प्रबक्ता राजु थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटका नेता रामकृष्ण भट्ट ,विदुर नगरपालिका-२ का वडा अध्यक्ष बिरेन्द्रकुमार शाही,विदुर नपा-१० का वडा अध्यक्ष गणेशकुमार नेपाल,बुद्धिजीवी लगाएतकाे उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे थियाे।

गतवर्ष जबर जंग गणका सेना द्वारा एकीकरण पदयात्राकाे फाेटाेफिचर


शनिबार, कार्तिक २९ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार