आईचर दुर्घटना हुदा नुवाकोटका तीन जनाको मृत्यु


नुवाकोट-काठमाडौंको कलंकीमा रोकिराखेको ट्रकलाई नुवाकोट बाट काठमाडौंतर्फ गईरहेको कुखुरा बाेक्ने आईचरले ठक्कर दिँदा तीनकाे मृत्यु र एक घाईते भएका छन् ।
कलंकीस्थित सडकखण्डमा मकालु पेट्रोल पम्पअगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नं को ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने ट्रकले ठक्कर दिदा साेही कुखुरा बाेक्ने आईचरमा सवार तीन जनाकाे मृत्यु भएकाे महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहाेराले जानकारी दिए ।

ज्यान गुमाउनेमा नुवाकोटका वर्ष २४ का रोशन तामाङ, नुवाकोटकै वर्ष ३७ का माधव घिमिरे र नुवाकोटका वर्ष २७ का भुपेन्द्र तामाङ रहेको प्रहरीले जनाएको छ ।
कुखुरा बाेक्ने ट्रकमा सवार चार जनालाइ नजिकै रहेकाे कलंकीस्थित सहिद अस्पतालमा लगिएकाे थियाे । उपचारकाे क्रममा तीन जनाकाे मृत्यु भएको डिएसपी बाेहाेराले जानकारी दिए । दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


बिहीबार, कार्तिक २७ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार