विदुर-४ मा एकीकृत फाेहाेरमैला व्यवस्थापन अभियान सुरु


नुवाकाेट-“विदुर नगर हाम्राे शहर, सफा स्वच्छ राख्ने सबैकाे रहर” भन्ने मुल नाराका साथ आज विदुर नगरपालिका-४ स्थित बट्टारकाे पुरानाे बजारमा एकिकृत फाेहाेरमैला व्यवस्थापन अभियान सुरु भएकाे छ। जैविक अजैबिक फोहर श्रोतमै छुट्याइ पुन प्रयोग अभ्यास गरि फोहरको समस्या वडा र टाेलमा कम गर्ने उदेश्यका साथ अभियान सुरु गरिएकाे विदुर नगरपालिका-४ का वडा अध्यक्ष टलकंमान श्रेष्ठले जानकारी दिनुभयाे। वडा अध्यक्ष श्रेष्ठका अनुसार फाेहाेरमैला लाई एकिकृत रुपमा जम्मा गर्न टाेल,टाेलमा डष्विन राखी फाेहाेरलाई संकलन गर्न सहज हुने उदेश्यले वडावाट डष्विन समेत वितरण गरिएकाे उहाँले बताउनुभयाे।

कार्यक्रममा विदुर नगरपालिकाका मेयर सन्जु पण्डितकाे प्रमुख आतिथ्यमा शुभारम्भ भएकाे कार्यक्रममा आफ्ना भनाई राख्दै मेयर पण्डित भन्नु हुन्छ “सफा नगर बनाउने दायित्व हामी सबै नगरवासीकाे हाे। यस एकिकृत फाेहाेरमैला व्यवस्थापन अभियानमा नगरका आमनागरिकहरुकाे सहयाेग र सहकार्यमा वपना यस अभियान सफल हुदैन त्यस कारण सफा, स्वच्छ नगर बनाउन हामी सब‌ैले हातेमालाे गरि अगाडि बढ्नु पर्दछ”।

कार्यक्रममा विदुर नगरपालिकाका उप मेयर गिता कुमारी दाहाल, नेकपाका नेता तथा समाजसेवी बुद्वि प्रधान, विदुर नगरपालिका-१ का वडा अध्यक्ष लेलिन रन्जित, टोल बिकास सस्था अध्यक्ष श्याम सुन्दर, सचिव निलम बावु ढुङ्गेल,वडा समितीका प्रतिनिधिहरु,साथै स्थानियहरुकाे समन्वय र उपस्थितमा कार्यक्रम सम्पन्न भएकाे वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनभयाे।


मंगलवार, कार्तिक २५ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार