ट्राफिक प्रहरी प्रभाग दरवारमार्गमा सांगीतिक डमी अभियान शुभारम्भ


काठमाडौं-ट्राफिक सचेतनाका लागि सांगीतिक डमी अभियान आज दरवारमार्गमा शुभारम्भ गरिएकाे छ। महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेले ‘सांगीतिक डमी अभियान’ काे शुभारम्भ गरेका छन्। डमीकाे शुभारम्भ गर्दै डिआईजी पाेखरेलले सडक सचेतना कार्यक्रमअन्तर्गत डमी प्रहरी राखेर ट्राफिक सचेतना र दुर्घटना हुनवाट राेक्न याे अभियान थालेको उहाँले बताउनुभयाे। डिआईजी पाेखरेलले सांगीतिक डमी महानगरीय ट्राफिक प्रहरी प्रभाग दरवारमार्गका ट्राफिक प्रमुख प्रहरी निरीक्षक विष्णुहरि फुयाँललाई हस्तान्तरण गरेका छन्। त्यस्तै, कार्यक्रमा महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक भिम प्रसाद ढकालले सदरमुकाममै सवारी दुर्घटनाको क्रम बढ्दै गएपछि सवारी चालक तथा पैदलयात्रुलाई सवारी सचेतना जगाउन सांगीतिक डमी प्रहरीवाट सुचना नागरिकहरुले प्राप्त गर्ने तथा विभिन्न ट्राफिक नियम सम्बन्धि सचेतना एवं जानकारी उपलब्ध गराउने काम डमीवाट हुने उहाँले बताउनुभयाे।

सांगीतिक डमी ग्रहण गर्दै प्रहरी निरीक्षक फुँयालले उपत्यकामा दैनिक जसाे ठुला-साना सवारी साधनहरु बढ्दै गएको तर ट्राफिक नियम सम्बन्धि ज्ञानकाे अभावका कारण पनि सडक दुर्घटना हुने सम्भावना रहेकाले डमी प्रहरी राख्दा टाडावाट झट्ट हेर्दा ट्राफिक,प्रहरी जस्तै देखिने भएकाले चालकहरुले सवारी साधनकाे गति समेत कम गर्नेहुदाँ दुर्घटना न्यूनीकरण हुन डमीकाे भुमिका राम्राे हुने जानकारी दिनुभयाे। प्रहरी निरीक्षक फुयाँल भन्नू हुन्छ “सांगीतिक डमी प्रहरी अभियान धेरैले सचेतना र सडक सम्बन्धि सुचना दिने भएकाले पनि याे अभियान नागरिकका लागि धेरै राम्रो रहेकाे छ। नागरिक तथा सवारीहरुकाे बढ्दो चाप, र सिमित साघुरा साना सडकहरुका कारणले पनि सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलंघन गर्ने प्रवृतिका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतिपुर्ण हदाँ यस सांगीतिक डमी प्रहरी अभियानले धेरै सहयाेग गर्ने हामीले बिश्वास लिएका छाै”।


शनिबार, कार्तिक २२ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार