नेकपा नुवाकोटकी नेतृ बिन्दा बिकको निधन


नुवाकाेट-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की ईमान्दार नेतृ विन्दा बिकको क्यान्सर रोगका कारण आज बिहान निधन भएको छ । बिकको पञ्चकन्या गाउँपालिका-५ मा रहेको आफ्नो घरमा निधन भएको हाे। क्यान्सर पिडित बिकको उपचारका लागि सहयोग अभियान चलाइरहेका नेकपा नुवाकोट काठमाडौँ सम्पर्क मञ्चका कोषाध्यक्ष रामनाथ खनालले उपचारकालागी धेरैनै सहयाेगका अभियान समेत चलाएका थिए।

खनालका अनुसार बिक नेकपा नुवाकोटको जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो । स्तन क्यान्सर देखिएपछि गत माघमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया गराउनु भएको थियो । पछिल्लो भक्तपुर अस्पतालमा उपचारका लागि लगिए पनि अस्पतालले उपचार नहुने भएर फिर्ता गरिदिएपछि उहाँको घरमै राखेर अन्य खालका विधिबाट पनि उपचार भैरहेको थियो ।बिकको उपचारमा आर्थिक अभाव भएपछि सम्पर्क मञ्चका कोषाध्यक्ष खनालको अगुवाइमा सहयोग अभियान समेत सञ्चालन भएको थियो । सहयोग अभियानबाट नेतृ बिकको उपचारका लागि राम्रै आर्थिक सहयोग जुटिरहेको पनि थियो । उहाँको श्रीमान, एक छोरा र एक छोरी हुनुहुन्छ ।


आईतवार, कार्तिक १६ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार