नगर प्रमुख पण्डितले नेत्रहिनलाई नगद सहयाेग गरेका छन्


नुवाकाेट-विदुर नगरपालिका कार्यालयका नगर प्रमुख सन्जु पण्डितले नेत्रहिनका परिवारलाई सहयाेग गरेका छन्। विदुर नगरपालिका-९ निवासी असहाय नेत्रहिन श्री कृष्ण दमाई (नेपाली) लाई आज नगरपालिकाकाे कार्यालयमा सहयाेग रकम हस्तान्तरण गरेका हुन्।

विदुर नगरपालिकाकाे मेयर पदमा निर्वाचित भएर कार्य सन्चालन गरेकाे मिति देखिनै प्रत्येक वर्ष २४ हजारकाे दरले व्यक्तिगत सहयाेग रकम प्रदान गर्ने प्रतिवद्धता अनुरुप नेत्रहिन नेपालिलाई आज ११ महिनाकाे रु. २२०००/ बाईस हजार रकम प्रदान गर्नुभएकाे पण्डितले बताउनु भयाे।
सहयाेग रकमले नेत्रहिन कृष्ण दमाईका टुहुरा भान्जा भान्जी र वृद्ध बुवाकाे लालनपालन र शिक्षादिक्षामा खर्चगर्न एव सामान्य जिवनयापनमा सहजता पुगाेस भनी सहयाेग गरिएकाे विदुर नगरपालिकाका जनसम्पर्क अधिकृत रामहरि अधिकारीले वताउनु भयाे।


शुक्रबार, आश्विन ३० २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार