बेलकाेटगढी नपाले विश्व हात धुने दिवस मनाएकाे छ


बेलकोटगढी-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिस तथा खानेपानी मन्त्रालय बाट भएको निर्देशन अनुरुप यस बेलकोटगढी नगरपालिका स्वास्थ शाखा बाट आयोजित कार्यक्रम “साबुन पानी र हात ,सधै सधै साथ” भन्ने नारासहित विश्व हात धुने दिवस (१५ अक्टोबर )मनाईएको छ।
बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल ज्युको अध्यक्षतामा भएको सो कार्यक्रम स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाहले साबुन पानीले मिचिमिची हात धुने बानीको बिकास गर्नुपर्ने साथै हात धुने तरिकाको बारेमा सिकाई अभ्यास मार्फत सुरुवात भएको कार्यक्रम नगर प्रमुख बाट उदघाटन गरिएको थियो । सो मन्तब्यको क्रममा विश्व नै कोरोना भाइरसले आक्रान्त भएको यो विषम परिस्थितिमा ब्यक्तिगत स्वास्थ एवं सरसफाई गर्दै कोरोना,हैजा झाडापखाला लगायत अन्य सरुवा रोगबाट बच्न सकिने नगरप्रमुख खनालले जानकारी गराउदै सम्पुर्ण कर्मचारी ,बुद्धिजीवी ,समाजसेवी ,शिक्षक राजनितिक दल लगायत आम नगरबासीलाई निरन्तर साबुनपानी कम्तीमा २० सेकेन्ड हात धुन निर्देशन तथा आग्रह गर्नुभएको छ।कोभिड -१९ को इन्फेक्सन ३६% घटाउने र रोग सर्नै नदिन साबुन पानीले सधै हात धुनु पर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत छविलाल शर्माले जानकारी साथै निर्देशन दिनुभयो। उक्त कार्यक्रममा सोही वडाका वडाअध्यक्ष बाबुराम गजुरेल,सदस्यहरु यादव प्रसाद गजुरेल ,रामचन्द्र लामा लगायत अन्य जनप्रतिनिधि साथै कर्मचारी ,सेवाग्राही समाजसेवी तथा समुदायका ब्यक्तिहरु गरि ४२ जनाको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको छ।


बिहीबार, आश्विन २९ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार