प्रदेशसभा सदस्य खतिवडाले गरे क्षेत्र पूर्वाधार विकास याेजनाहरु सार्वजनिक


नुवाकोट- प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत नुवाकोटको क्षेत्र नम्बर २ प्रदेश सभा ख मार्फत प्राप्त हुने बजेट मार्फत कार्यान्वयन गरिने योजनाहरु सार्वननिक भएको छ । क्षेत्र नं २ ‘ख’ मा प्रदेश पूर्वाधार विकास अन्तरगतका बीस योजनाहरु सार्वजनिक भएकाे प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले बताउनु भयाे। उहाँले विदुर नगरपालिका, किस्पाङ गाउँपालिका, म्यागङ गाउँपालिका र तार्केश्वर गाउँपालिकालाई समेटेर विभिन्न २० वटा योजना र बजेट सार्वजनिक गरेको जानकारी दिनभयाे।
खतिवडा भन्नू हुन्छ “प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत प्राप्त हुने ३ करोड रुपैयाँ बजेटमा प्रशासनिक खर्च बाहेक ७ वटा योजनालाई २०-२० लाख रुपैयाँ, ५ वटा योजनालाई १५-१५ लाख रुपैयाँ, १२ लाख ३० हजार रुपैयाँको १ वटा योजना र ७ वटा योजनालाई १०-१० लाख रुपैयाँ विनियोजन गरिएको छ” ।

जिल्लाको क्षेत्र नम्बर २ प्रदेश सभा २ अन्तर्गत विदुर नगरपालिकाका केहि वडा, किस्पाङ गाउँपालिका, म्यागङ गाउँपालिका र तारकेश्वर गाउँपालिका पर्ने समेत उहाँले जानकारी दिनुभयाे।


बिहीबार, आश्विन २९ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार