नेकपा प्रवेशकाे लहर,माननीय नारायण प्रसाद खतिवडाले गरे स्वागत


नुवाकाेट-विभिन्न पार्टि परित्याग गरि नेकपा प्रवेशकाे लहर चलिरहदा तारकेश्वर गाउँ पालिकाका युवाहरु नेकपा प्रवेश गरेका छन्। नुवाकाेटकाे गत निर्वाचनमा वामपन्थी उम्मेदवारकाे विजय पश्चात् विकास र समृद्धिका वाटाेहरु खुल्ने क्रम संगै नेताहरु, जनप्रतिनिधिहरु, दुवैतहका माननियहरुमा देखिएकाे कामगर्ने र जनताप्रतिकाे उत्तरदायी भावनाले गर्दा सवैका प्रिय बन्दैछन्। क्षेत्र न २ वाट निर्वाचित संघिय संसद माननीय नारायण प्रसाद खतिवडा जसले निर्वाचनकाे समयमा गरेका वाचा र प्रतिवद्धताहरु पुरागर्ने दृढ संकल्पमा लागिरहेका छन्। निर्वाचनकाे समयमा मतमाग्दै गर्दाका जनताहरुकाे आशा र मागहरुलाई आफ्नाे मुख्य एजेन्डा वनाएर जनताकाे घरदैलाे पुगिरहेका खतिवडा नुवाकाेटे जनताका हर दुखसुखका सहयात्री बनिरहेका छन्।
गाउँले परिवेश र गाउँमै रमाउने खतिवडाकाे सरल जिवन शैलिलेनै आम नुवाकाेटे जनतासंग सघै घुलमिल हुने वातावरण बनेकाे छ। उहाँकै जन्मस्थल तारकेश्वर गापाका युवाहरु आज एक कार्यक्रममा पार्टि प्रवेश गरेका हुन्। विभिन्न पेशा व्यावसाय गरि काठमाडौं वसेका १५ जना युवाहरुकाे टिम नेकपा पार्टि प्रवेश गरेका हुन।तारकेश्वर गाउँपालिका वडा न ३ का श्याम तामाङ र कुमार भण्डारी लगायत १५ जना युवाहरु नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा प्रवेश गरेका हुन्।
प्रवेश कार्यक्रमका प्रमुखअतिथिका रुपमा संघिय संसद खतिवडाले खादा तथा अविर लगाई नवप्रवेशि हरुलाई स्वागत गर्नुभएकाे हाे। स्वागत गर्दै प्रमुख अतिथि खतिवडाले समृद्ध नेपाल संगै समृद्ध नुवाकाेट वनाउने हाम्राे अभियानमा साथ दिन आउनुभएका सम्पुर्णमा धन्यवाद दिदै तपाईहरु जुन आशा,विश्वाश र अभिलासाका साथ नेकपा प्रवेश गर्नुभयाे,तपाईंहरूको विश्वासमा कतै ठेस लाग्नेछैन भन्दै सम्पुर्ण तारकेश्वर पार्टि कमिटिलाई जनताका नजिकवन्दै जनताका काममा लाग्न पनि आग्रह गर्नुभयाे।


शनिबार, आश्विन २४ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार