नुवाकाेटकाे अखिल एकतामा तिव्र विवाद,असन्तुष्ट अखिल नेताहरुले बनाए अर्काे कमिटि,


नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नुवाकोटमा विवाद देखिएको छ । यसअघि गठन भएको अनेरास्ववियु नुवाकोटको कार्य समिति गठनको क्रममा पार्टीका जिम्मेवार सदस्यहरुलाई नराखि पार्टि र कमिटिमा सक्रियहरुलाई वेवस्ता गर्दै केही व्यक्तिको सल्लाह र निर्देशनमा कमिटि गठन गरेको भन्दै ओमप्रकाश श्रेष्ठको संयोजकत्वमा समानान्तर कमिटि गठन गरिएको हो।

अनेरास्ववियु केन्द्रीय कमिटिकाे सर्कुलर र निर्देशन अनुरुप तत्कालीन निर्वाचित कमिटिका पदाधिकारि र सिनियरहरु लाई प्राथमिकतामा राख्नु पर्ने र सम्वन्धित पार्टिका विद्यार्थी ईन्चार्ज र सहईन्चार्ज संग छलफल र परामर्श साथै निर्वाचित पदाधिकारी हरु संगकाे छलफल वाट टुङ्गाउनु पर्नेमा एमाले निकट अनेरास्ववियु का तत्कालीन निर्वाचित उपाध्यक्ष ,सचिव र काेषाध्यक्ष लाई समेत छलफलमा सहभागी नगराई विधि र पद्धति वाहिर गएर कमिटि गठन गरिएको भन्दै समानान्तर कमिटि गठन गरिएको समानान्तर कमिटिका संयोजक रहेका ओमप्रकाश श्रेष्ठले वताए।


शुक्रबार, आश्विन २३ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार